अज्ञात समूहद्धारा श्रीकृष्णको मूर्ति तोडफोड

दमक, असार २४ । ताप्लेजुङको सिदिङवा धाममा श्रीकृष्णको मूर्ति तोडफोड भएको छ । हिजो साँझ ताप्लेजुङ सिदिङवा– २ सादेवास्थित सिदिङवा धाममा रहेको श्रीकृष्णको मूर्ति तोडफोड भएको हो ।

 

 

अज्ञात समूहले मन्दिरबाट अन्दाजी २० मिटर तल लगेर मूर्ति तोडफोड गरिएको अवस्थामा स्थानीयवासीले फेला पारी पुनः सोही मन्दिरमा ल्याई राखेको बताएका छन् ।

 

 

करिव एक महिनाअघि सिदिङवा धाममा श्रीकृष्णको मूर्ति अनावरण गरिएको थियो । सो घटनामा संलग्न व्यक्तिहरुको खोजी र पहिचान गर्ने कार्य भइरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर