प्रधानमन्त्री ओली असार २८ गते झापा आउँदै

दमक , २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली झापा आउनुहुने भएको छ । झापा र ईलाममा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली २ दिनका लागि झापा आउँनुहुने भएको हो । दमकस्थित संघीय सांसदको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस बारे जानकारी गराईएको हो ।

 

प्रधानमन्त्रीका स्वकीय उपसचिब तुलसी कार्कीका अनुसार प्रधानमन्त्री ओली असार २८ गते भद्रपुर बिमानस्थलबाट सोझै ईलामको माई नगरपालिकामा हुने कार्यक्रममा सहभागी हुन जाने र त्यसपछि झापाको कनकाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी बन्नुहुनेछ । सोही दिन प्रधानमन्त्रीको रात्री मुकाम दमकमा हुने कार्कीले जानकारी दिनुभयो ।

 

यस्तै असार २९ गते प्रधानमन्त्री ओलीले दमकस्थित मदनडाँगी ताराबारी डिपु सडकको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको कार्कीले जानकारी गराउनुभएको छ । त्यसलगत्तै प्रधानमन्त्री ओली हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउपालिका र मोरङको रतुवामाई नगरपालिकाको सिमानामा पर्ने रतुवा खोलाको पुल उद्घाटनका लागि पुग्नुहुनेछ ।

 

असार २९ गतेनै प्रधानमन्त्री ओलीले झापाको बिर्तामोडस्थित सिटि सेन्टरमा आयोजना हुने अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागीता जनाउने बताईएको छ । सोही दिन साझ भद्रपुर बिमानस्थलबाट प्रधानमन्त्री संघीय राजधानी काठमाण्डौं फर्कने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर