दुर्घटना

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, युवती घाईते

मोटरसाइकलको तीव्र गति नै मुख्य कारण

गाईघाट, २५ असार – उदयपुरमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छन्।

 

बेलका नगरपालिका–८ को सडक खण्डमा साँझ ५ः४५ बजेतिर को ३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको बूढीगंगा नगरपालिका–७ टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मोरङस्थित विराट शिक्षण अस्पताल लगिएको थियो, जहाँ राति ८ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

 

उक्त मोटरसाइकलमा पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिंलाकी १८ वर्षीया तुलसा कार्की भने दुर्घटनामा घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गति नै मुख्य कारण रहेको खुलेको छ। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलकाले जनाएको छ।

 

यो घटना फेरि एकपटक तीव्र गतिमा सवारी चलाउँदा आउने परिणामबारे सोच्न बाध्य बनाउने खालको छ। ट्राफिक नियमको पालना र सुरक्षित यात्रा संस्कृति विकास नगरेसम्म यस्ता दुःखद घटनाहरू दोहोरिरहने स्पष्ट देखिन्छ।
तस्बिर : AI 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर