दमक,२५ असार । इलाम माई नगरपालिका ३ हात्तीछिरास्थित चिसापानी–बिर्तामोड सडकखण्डमा बस र ट्याक्सी एकआपसमा जुध्दा दुईजना घाइते भएका छन् । आज बिहान बिर्तामोडबाट चिसापानीतर्फ जाँदै गरेको मे १ ज ३०९३ नम्बरको बोलेरो ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको प्र१–०१–००१ ख ४१६२ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार दुईजना घाइते भएका हुन् । घाइते हुनेहरुमा बिर्तामोड ५ बस्ने ५२ वर्षीया देवकुमारी भट्टराई र अर्जुनधारा २ खुदुनाबारी बस्ने ३८ वर्षीय प्रकाश थापा रहेका छन् । उनीहरुलाई माई अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बस चालक इलाम माई ८ बस्ने ३२ वर्षीय धनबहादुर तामाङलाई उपचारमा संलग्न हुने गरी पठाइएको छ ।
ट्याक्सी चालक पाँचथर फाल्गुनन्द ३ बस्ने ३१ वर्षीय देउवीर तामाङलाई केही नभएको,ट्याक्सीको अगाडीको भागमा क्षति भएको र दुवै सवारी साधन प्रहरी चौकी दानाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।










