प्रधानमन्त्री ओलीद्धारा अर्याललाई त्रिवि उपकुलपति नियुक्त

दमक , २५ असार । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएको छ । प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले अर्याललाई बुधबार त्रिवि उपकुलपति नियुक्त गर्नु भएको हो ।

 

 

अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसकनु भएको छ । सहकुलपतिसमेत रहनु भएको शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जनाको नाम असार २३ गते सिफारिस गरेको थियो।

 

 

त्रिविका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, विज्ञान संकायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालको नाम सिफारिस भएको थियो।

 

 

प्रा.डा. केशरजङ्ग बरालले त्रिवि उपकुलपतिबाट राजीनामा दिनु भएको थियो । बरालले दिएको राजीनामा कुलपति ओलीले गत चैत २८ गते स्वीकृत गर्नु भएको थियो । त्यसपछि निमित्त उपकुलपतिको जिम्मेवारी केसीलाई दिइएको थियो । त्रिवि उपकुलपतिमा यसपालि १२ जना आकांक्षी थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले