सुतेकै ठाउँमा मृत्यु

सुतेकै ठाउँमा श्रमिकको मृत्यु

 

 

 

पाँचथर — मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक खण्डमा कार्यरत एकजना मजदुरको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोट जिल्लाको नलघाट ३ घर भएका ४९ वर्षीय मानबहादुर थापा छन् । बुधबार साँझ खाना खाएर ११ बजे याङवरक १ च्याङथापुमा रहेको फिल्डमा टाँगिएको त्रिपालमुनि सुतेका उनलाई सहकर्मीहरूले मध्यराति मृत अवस्थामा भेटेका थिए ।

सँगै खाना खाएका सहकर्मी लाखापाखा लागेपछि सुत्न भनेर गएका उनलाई नाकबाट रगत बगेको अवस्थामा मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले बिहीबार बिहान घटनास्थलको प्रकृति मुचुल्का उठाई पाँचथर अस्पतालमा पोष्टमार्टम गरेपछि जाजरकोट पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीयले उनको उच्च रक्तचाप र चिसोका कारण निधन भएको हुनसक्ने आकलन गरेका थिए । यद्यपि घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग