दमक ,२५ असार । झापामा ठूलो परिमाणसहित फेरि एकजना पक्राउ परेका छन् ।
आज दिउँसो झापा गाउँपालिका वडा नं १ मा करिव सय ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् ।
साइकलमा आउँदै गरेका भारत किसनगंज गाउँ पंचायत वार्ड नं ५ बस्ने ६० वर्षीय गवारी शाहलाई लागूऔषधसहित पक्राउ गरिएको स्रोतले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।










