दमक,२६ असार । झापाको बिर्तामोडमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति बिर्तामोड–२ रामचौकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एकजना व्यक्ति गंभीर घाइते अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक सोनेलाल राजवंशीको टोलीले गस्ती गर्ने क्रममा तत्काल नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षका पुरुषलाई गम्भीर अबस्थामा फेला पारी उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको बताँउनु भएको थियो ।
मृतकको टाउको लगायत शरीरको बिभिन्न भागमा चोट देखिएको छ । पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको अनुमान गरिएको छ । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।










