दमक, २६ असार । सुनसरीकाे धरान –१७ साउने बस्ती बस्ने ३१ वर्षीया सरिता राईले घरायसी विवादका कारण आफ्नै श्रीमान ५० वर्षीय बिरबहादुर राईलाई छुरा प्रहार गरी घाइते बनाएकी छन् ।
गएराति सरिताले मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण बिरबहादुरलाई तरकारी काट्ने छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
बिरबहादुरको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको छ । घाइतेको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट प्रहरी टोली खटिएर छुरा प्रहार गर्ने सरितालाई पक्राउ गरेको प्रहरीले जनाएका छ ।










