झापामा लागुऔषध प्रयोगकर्ताको दैनिक बढ्दो क्रम

दमक, २७ असार । झापामा ११जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । दमकमा ५ र भद्रपुरमा ६ जना पक्राउ परेका हुन् । गएराती दमक वडा नं ८ बालुवाटारमा लागुपदार्थ सेवन गरी स्थानीयसँग झैझगडा गरिरहेका सिटी चालक वडा नं ५ बस्ने ५२ वर्षीय रोशन सुन्दासलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्र.१–०१–००१ ह ८८५० नम्बरको सिटीसहित नियन्त्रणमा लिएको छ ।

 

 

हिजो दिउँसो ४ बजे दमक वडा न.४ आस्था कलेज पछाडी बाटोमा प्र.१–०१–०२ ह ३११ नम्बरको सिटी सफारीमा शंकास्पद रुपमा रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक वडा न.४ बस्ने १९ वर्षीया प्रिया तामाङ, वडा न. ५ बस्ने १९ वर्षीय सुमित सुन्दास, सोही ठाउँ बस्ने २१ वर्षीय प्रविन चेम्जोङ र वडा न. १० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् ।

 

 

सिटी सफारीमा उनीहरुले राखेको कालो रंगको झोलामा ट्रामाडोल ३५ र ३५० क्याप्सुल, अनारगन ३५० चक्की बरामद भएको प्रहरीले जनाएको छ । यस्तै हिजो साँझ ६ बजेदेखि राति ८ बजेसम्म वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले स्वीप अपरेसन गरी भद्रपुर –५ बसपार्कबाट ६ जनालाई नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेहरुमा भद्रपुर वडा न.५ भद्रपुर बजार बस्ने २२ वर्षीय रितेश यादव, वडा नं ६ संगमचोक बस्ने २३ वर्षीय राहुल हलुवाई , वडा नं ५ जनता चोक बस्ने २६ वर्षीय भरतकुमार गणेश ,गिरी चोक बस्ने २५ वर्षीय बिजय यादव , वडा नं .४ मन्त्री चोक बस्ने २७ वर्षीय राजु राजवंशी र बिर्तामोड वडा न.५ भद्रपुर बस स्टेन्ड बस्ने १७ वर्षीय राजन चौधरी रहेका छन् ।

 

उनीहरुमध्ये दुईजनालाई छोडिएको र चारजनालाई नियन्त्रणमै राखिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर