नेकपा एमाले

ओलीको दाबी : गठबन्धन कायमै भए पनि एमालेले बहुमत ल्याउँछ

 

 

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन कायम रहेपनि तीनवटै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्। चुनाव केन्द्रित अभियानको उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन्।

‘२०७४ कै निर्वाचनमा एमालेको वर्चश्व पचिरहेको छैन। त्यतिबेला नै जितेको पचेको छैन। आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। अनि कसरी पचाउलान्,’ ओलीले भने, ‘भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत ल्याउँछौं। गठबन्धन तोडेर होइन गठबन्धन कायम रहे पनि हामी बहुमत ल्याउँछौं।’

उनले अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना र कल्पना नगर्न चेतावनी पनि दिए। ‘वर्तमान गठबन्धन आफ्नो स्वार्थमा केन्द्रित भएको छ। स्थानीय तहमा एमालेको वर्चश्व कायम रहेका कारणले गर्दा पनि सरकारलाई स्थानीय तहप्रति मैत्रीपूर्ण भाव छैन। उनीहरु तयार भइरहेका छैनन्। बुझ्न सकेका छैनन्,’ उनले भने।

उनले पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिले महत्त्वपूर्ण काम गरेको भन्दै त्यसको प्रशंसासमेत गरे।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी । छोइरहेनि नदेखिने बतास भयौ तिमी । ‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा

रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार

झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द

काठमाडौं,४ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान सुरु

काठमाडौं,४ वैशाख । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने