झापामा लम्पी स्किन रोगको प्रकोप फैलिदै

दमक, २७ असार । झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको जनाइएको छ ।

 

जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढि गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भऐ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ ।

 

बाह्रदशी र मेचीनगरमा यसको प्रकोप सबैभन्दा बढि देखिएको पनि भट्टराईले बताउनुभएको छ । बाह्रदशीमामात्र तीन हजारभन्दा बढि गाईगोरु सङ्क्रमित भएका छन्, २९ वटा गाईगोरु मरेका छन् । भट्टराईका अनुसार मेचीनगरमा २ हजार गाईगोरुपमा यसको सङ्क्रमण देखिएको र २९ वटाको मृत्यु भएको छ ।

 

जिल्लाभर पालिकाहरुले लम्पी स्किन फैलन थालेपछि पालिकाहरुले खोप अभियानलाई तीव्र बनाएको छ । यो रोगबाट जोगाउनका लागि खोप बाहेकको विकल्प नरहेको पशु प्राविधिकहरुको भनाई छ । यो रोग फैलिएर गाईगोरु मर्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।

 

जिल्लाभर किसानहरुले पालेका ५७ हजार ३४८ वटा पशुलाई भ्याक्सिन लगाइएको भट्टराईले बताउनुभयो । निशुल्क रुपमा खोपको ब्यवस्थापन हुँदै आएको भट्टराईले बताउनुभयो । दुई वर्ष अघि झापामा लम्पी स्किन रोग महामारीको रूप लिँदा चार हजार ६८५ वटा गाइैगोरु मरेका थिए ।

 

भैँसीमा पनि देखियो लप्की स्किन झापामा एउटा भैँसीमा लप्की स्किन देखिएको जनाइएको छ । भैँसीमा कमैमात्र यसको सङ्क्रमण हुने गरेको छ । भैँसीहरूमा यो रोग देखिने सम्भावना कम रहेको छ । शारीरिक बनावट र रोग प्रतिरोध प्रणाली गाईभन्दा फरक र बलियो हुने कृषि प्राविधिकहरुको भनाइ छ । खोप भने भैँसीलाई पनि लगाइदै आएको छ ।

 

भट्टराईका अनुसार लम्पी स्किन रोग एक प्रकारको भाइरसबाट सर्ने गम्भीर रोग हो, जुन मुख्यतया गाईगोरुमा लाग्दछ । यो रोग एक पशुबाट अर्काे पशुमा सर्छ । यो सरुवा रोग भएकाले महामारीको रुप लिनेगर्छ । लम्पी स्किन रोगको सबैभन्दा प्रभावकारी रोकथाम खोप रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर