‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन सरकारलाई निर्देशन

दमक , २७ असार । राष्ट्रिय सभाले ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।

 

 

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक तथा उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेका प्रस्तावमाथि छलफल गर्दै उक्त निर्देशन दिइएको हो।

 

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले प्रस्तावमा उल्लेखित विषय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले सभामा व्यक्त गरेको प्रतिबद्धतालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनु भयो साथै, विषयगत समितिलाई प्रस्तावमा उठाइएको विषयको अनुगमन गर्न निर्देशन दिनु भएको हो।

 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिँदै ज्येष्ठ नागरिकको समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्नु भयो। उहाँले महत्त्वपूर्ण सवाल समेटिएको प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनु भयो । साथै, ज्येष्ठ नागरिकसम्बन्धी विषय महिला मन्त्रालय मात्रै नभई, स्वास्थ्य, कानुन र अर्थ मन्त्रालयसँग पनि सम्बन्धित भएकाले सबै मन्त्रालयले संवेदनशीलताका साथ काम गर्नुपर्ने बताउनु भयो ।

 

मन्त्री सुडीका अनुसार मन्त्रालयले तीन महिनाभित्र ज्येष्ठ नागरिकका सवाललाई सम्बोधन गर्ने गरी विधेयक ल्याउने तयारी गरेको छ। उनले वास्तविक समस्यामा रहेका ज्येष्ठ नागरिकको आर्थिक अवस्थालाई मध्यनजर गरेर नीति निर्माण गर्नुपर्ने औँल्याउनु भयो ।

 

यसअघि छलफलमा भाग लिँदै सदस्य गोपीबहादुर सार्की अछामीले ज्येष्ठ नागरिकलाई व्यवस्थित र सम्मानजनक जीवनयापनको व्यवस्था गर्नुपर्ने बताउनु भयो । तुलसीकुमारी दाहालले अनुभव, सीप र ज्ञान युवापुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर