बिर्तामोडमा सबैभन्दा धरै डेंगु संक्रमितको सङ्ख्या

दमक, २८ असार। झापाको बिर्तामोड डेंगुको संक्रमितको सङ्ख्या सबैभन्दा धरै नै बनेको छ ।

जिल्लामा हेर्ने हो भने अधिकांश डेंगु संक्रमित बिर्तामोडकै रहेका छन् । पछिल्लो तथ्यांक अनुसार डेंगु संक्रमणबाट जिल्लाभरि ७५ जना संक्रमित छन् । त्यसमध्ये ६८ जना बिर्तामोडका हुन् । त्यस्तै गौरादहका ६ र दमकका एकजना छन् ।

 

गत साता बिर्तामोडका ४८ , दमकका १ र गौरादहका ६ गरी ५४ जना डेंगु संक्रमित रहेका थिए । डेंगु संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले बताउनु भयो ।

 

गत साता झापामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो । बीएण्डसी अस्पतालमा उपचाररत शिवसताक्षीकी ११ वर्षीया सुरविरा राईको मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

 

मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ ।

 

डेंगु नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएको छ ।जतिजति प्रबिधीको बिकाश बढ्दै गईररहेको छ, प्राबिधिकको आबश्यकता उत्तिकै मात्रामा आबश्यकता पर्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर