विद्यार्थीलाई मेहनतका साथ अघि बढ्न उपप्रधानमन्त्री सिंहको आग्रह

उहाँले भन्नु भयो, -नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अ वसर छ । यसको सदुपयोग गर्नुपर्छ ।

दमक, २८ असार । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताँउनु भयो ।शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उहाँले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताँउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ । हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’यस्तै, उहाँले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुदैँन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयो ,‘अहिले नेपालमा केही हुदैँन, भन्ने भ्रम फैलाउने दुस्प्रयास भईरहेको छ । तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुदैँन् भन्ने गलत भाष्य निर्माण भईरहेको छ । यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ ।’ उहाँले सबै विद्यार्थीहरुलाई मेहेनतका साथ अगाढि बढ्न पनि आग्रह गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर