प्रधानमन्त्री ओली झापा र इलाममा

झापामा प्रधानमन्त्री ओलीद्वारा १० शैयाको अस्पताल उद्धघाटन

‘प्रसुती , गाइनो तथा महिलाको रोगसग सम्बन्धीत उपचार सेवा र इमरेजेन्सि सेवा चाडो सुरु गरिहाल्नुस । त्यसमा म सहयोग गर्न तयार छु । ’ प्रधानमन्त्री ओली

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ३ मा रहेको १० शैयाको भागिरथा न्यौपाने नगर अस्पतालको उद्धघाटन गर्नुभएको छ ।
शनिबार उद्धघाटन समारोहपछि बोल्दै प्रधानमन्त्री ओलीले भन्नु भयो ‘अहिलेको क्याविनेटमा भागिरथाको नाम सुन्ने कोही पनि नभएको र म आफैले यहाँका साथीको सुझावका आधारमा यस अस्पतालको नाम भागिरथा न्यौपाने अस्पताल राख्न क्याविनेटबाट पारित गराएको हुँ ।’

 

सामाजिक चेतनाको बिगुल फुक्न न्यौपानेले गर्नुभएको योगदानका बारेमा अहिलेका पुस्तालाई जानकारी गराउन र उहाँको सम्मानका लागि पनि यो नाम राखिन पर्छ भन्ने अडानका साथ बुद्धशान्थि अस्पतालको नाम भागिरथा न्यौपानेको नाममा राखिएको उहाँको तर्क छ ।

 

उहाँले यो अस्पतालको सेवा विस्तार र गुणस्तर बृद्धि गर्न आफ्‌नो तहबाट हुनसक्ने सबैखाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । उहाँले महिलाको रोगसंग सम्बन्धित उपचार सेवा अविलम्ब सुरु गर्न अनुरोध गर्नु भएको छ । ‘प्रसुती , गाइनो तथा महिलाको रोगसंग सम्बन्धित उपचार सेवा र इमरजेन्सी सेवा चाँडो सुरु गरिहाल्नुस् । त्यसमा म सहयोग गर्न तयार छु । ’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।

 

यो कार्यक्रम सकेर प्रधानमन्त्री ओली इलामको माइ नगरपालिकातर्फ प्रस्थान गर्नु भएको छ । त्यहाँको वडा नम्बर २ मा नगर अस्पताल उद्घाटन साथै त्यहाँका भूमिहीन सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने र खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर