गोमेन्द्रमा अब बीए, एलएलबी र एआई पढाई हुने

दमक, २८ असार। झापाको बिर्तामोडमा सञ्चालित गोमेन्द्र बहुमुखी महाविद्यालयले बीए, एलएलबी र आर्टिफिसियल इन्टिलिजेन्स (एआई) सम्बन्धी अध्यापन गर्न लागेको छ ।

 

महाविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा कानुन र एआई सम्बन्धी अध्यापन गर्न लागेको हो । महाविद्यालयले शनिबार पत्रकार सम्मेलन गरी वि.टेक. इन एआईको अध्यापन गर्न लागेको जानकारी दिएको हो । प्रविधिले फड्को मारेसँगै विश्वमा एआईको प्रयोग बढेकाले गोमेन्द्रले उक्त कोर्ष पढाउन लागेको महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिनु भयो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन लागिएको एआई कोर्षको लागि ४८ जना विद्यार्थीको कोटा रहेको प्राचार्य खनालले जानकारी दिनु भयो । उहाँका अनुसार सो कोर्ष आठ वटा सेमेष्टारमा पढाई हुने र ६ लाख २३ हजार शुल्क लाग्ने बताँउनु भयो ।

 

२०५३ सालमा स्थापित कलेजमा विसीए इन आइटी, बिबिए, एमबीए, एमसीए, एमसीए इन आइटी अध्यापन भइरहेको छ । कलेजले विए एलएलबी कोर्ष समेत अध्यापन गर्न लागेको छ । राजश्री जनक विश्वविद्यालयको सम्बन्धनमा सो कोर्ष अध्यापन हुन लागेको गोमेन्द्र कलेजकी प्रमुख सरस्वती भुर्तेल खनालले जानकारी दिइनु भयो ।

 

प्लस टूमा जुनसुकै विषय पढेका विद्यार्थीले विए एलएलबी अध्ययन गर्न पाउनेछन् । १० वटा सेमेस्टारको ६ लाख शुल्क लाग्ने कलेजले जनाएको छ । सो कोर्षका लागि ४० जना विद्यार्थी कोटा रहेको बताइएको छ ।

 

सबै कार्यक्रममा भर्ना भएका विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गरिने, सेमेस्टार टप एक जनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर