दमक,२८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाका अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नु भएको छ ।
पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको हो । त्यस अवसरमा ओलीले बृहत खानेपानी आयोजनाको शिलान्याससमेत गर्नु भएको छ ।
इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको उद्घाटन समेत गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ३ तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्नु भएको छ।
अब अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ । मदन भण्डारी राजमार्ग निर्माणाधीन अवस्थामा रहेकाले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई ओलीले आग्रह गर्नु भयो । उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाँउनु भएको थियो ।










