एन प्याब्सन झापाको कार्यालय उद्घाटन

बिर्तामोड, २९ असार । बिर्तामोड स्थित मिडल पोइन्ट इलिमेन्ट्री स्कुलको सभाहलमा एन प्याब्सन झापाको कार्यालय उदघाटन तथा ईसिडी शिक्षक तालिम कार्यक्रम सम्पन्न भएको छ ।

 

 

एन प्याब्सन झापाका संयोजक धर्म माझीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा एन प्याब्सनका पुर्व केन्द्रिय अध्यक्ष एव संगठन विभाग प्रमुख पाण्डब हमालको प्रमुख आतिथ्यता, केन्द्रिय महासचिव प्रताप थापा र केन्द्रीय सदस्य एवम इसिडी शिक्षक तालिमका सहजकर्ता द्व्यको बिशिस्ट आतिथ्यता सप्पन्न कार्यक्रमा विशेष अतिथी केन्द्रीय सदस्य नारायण ढकाल र अतिथिहरुमा एन प्याब्सन प्रदेश १ का सहसचिव कमल खनाल , सदस्य दिपक न्यापाने मोरङ जिल्ला उपाध्यक्ष पर्वत राई सचिव भनिरुद्र चौधरीको उपस्थिति रहेको थियो।

 

 

मिडल पोइन्ट इलिमेन्ट्री स्कुलको परिसरमा अवस्थित कार्यालय उद्घाटनको औपचारिक कार्यक्रम पश्चात संचालन भएको एक दिने इसिडी शिक्षक तालिममा झापाका ३० वटा स्कुलका १२५ जना शिकक्षहरुको सहभागीता रहेको थियो।

 

 

शनिबार सम्पन्न तालिमको सहजीकरण एन प्यासनका केन्द्रीय सदस्य निता श्रेष्ठ्ले गर्नु भएको थियो । सोही अवसरमा किन्डरबेल स्कुलका संस्थापक भिम बहादुर बोहोराले अटिजम भएका बालबालिकाहरुको हेरचाह र पढाइ गर्ने शैली सम्बन्धि जानकारी गराउनु भएको थियो ।

 

 

कार्यक्रम बोल्दै अतिथिहरुले नेशनल प्याब्सन अभिभावक, विद्यार्थी र निजि शैक्षिक संस्थाहरुको हक अधिकारका लागि निरन्तर लागिपर्ने आसय व्यक्त गरेका थिए।

 

कार्यक्रम एन प्याब्सन झापाका संचार विभाग प्रमुख देशराज नेम्बाङले संचालन गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर