जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार कोइरालालाई

विराटनगर, २९ असार / प्रेस चौतारी मोरङले जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालाई प्रदान गर्ने भएको छ ।
विराटनगरमा शनिवार बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको पुरस्कार कोइरालालाई दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिनुभयो ।

 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको कोषाध्यक्ष, प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष कोइराला कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक हुनुहुन्छ । उहाँ २ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

 

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले सिफारिस गरेको नामलाई चौतारी जिल्ला कार्यसमिति बैठकले अनुमोदन गरेको हो । पुरस्कार साउनको दोस्रो हप्ता एक कार्यक्रमको आयोजना गरी वितरण गरिने प्रेस चौतारी मोरङले जनाएको छ ।

 

२०६६ सालमा स्थापना गरिएको यो पुरस्कार यसअघि पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, बिक्रम लुइँटेल, धर्मराज ढकाल, भूपेन्द्रराज तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीले प्राप्त गरिसक्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर