दमकमा पनि २१२ औं भानु जयन्ती मनाइयो

भानुभक्तको योगदानमाथि चर्चा, प्रतिमा परिमार्जनको सहमति

मेटिएको पद स्थापित गर्ने र प्रतिमाको स्वरुप दुरुस्त बनाउने सहमति ।

दमक, २९ असार / नेपाली भाषा साहित्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान दिने आदिकवि भानुभक्त आचार्यले नेपाली अनुवाद गर्नुभएको रामायणबाट उद्धृत श्लोक प्रस्तुत गरेर अघिल्ला वर्षझैं यो वर्ष पनि आचार्यको जन्मजयन्ती मनाइएको छ ।

 

अर्थात यसपटक झापाको दमकमा प्रतिभा निकेतन, साहित्य कला संगम र जीवन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा दमक भानुचोकमा रहेको भानुभक्तको सालिकस्थलमा आइतबार २१२ औं भानु जयन्ती मनाइयो ।

 

त्यहाँ साहित्य कला संगमकी उपाध्यक्ष दुर्गा काफ्‌लेबाट रामायण वाचन गरेपछि सुरु भएको कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापाले सबै एकजुट भएर भाषा साहित्यको विकासमा लाग्ने कुरामा नगरपालिका कार्यालयको सधैं साथ रहने धारणा राख्नु भयो । नगर प्रमुख थापाले दमकमा संस्थागत साहित्यिक गतिविधि थाल्ने व्यक्तित्व मेघराज तिम्सिनाको संयोजकतवमा भानुको प्रतिमा स्थापना भएको स्मरण गर्दै त्यहाँको शिलालेखमा उहाँको नाम मेटिनु अन्यायपूर्ण अवस्था रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘सबै साहित्यकारको सहमतिमा उहाँको पद स्थापित गर्ने र भानुको प्रतिमालाई दुरुस्त रुपको बनाउने कुरामा पनि हामी एकजुट बनौं । ’– उहाँले आव्हानको शैलीमा भन्नुभयो । उहाँले आफ्‌नो कार्यकालमा निरन्तरता रहन नसकेको दमक प्रज्ञा प्रतिष्ठानलाई व्यूँताउने कार्यलाई अघि बढाउने समेत विषय अघि सार्नुभयो । उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रज्ञा प्रतिष्ठानको आवश्यकताको बारेमा समेत बोल्नु भयो ।

 

कार्यक्रममा भानुभक्तको प्रतिमाको मुखाकृति दुरुस्त निर्माण नभएको भन्ने विषयमा उठेको प्रश्नप्रति केन्द्रित हुँदै त्यसको स्वरुप निर्धारण र शिलालेखमा लेखिएको नाम मेटिएको सन्दर्भमा आएको विवाद सबैको सहमतिमा समाधान गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

नगर प्रमुख थापाले तिम्सिनाको संयोजक पद शिलालेखमा मेटिएको सन्दर्भमा भएको अन्यायमाथि छानविन गर्नुपर्ने कुरा उठाएपछि साहित्य कला संगमका अध्यक्ष विष्णु न्यौपानेले हो मा हो मिलाएर सर्जकहरुको तर्फबाट सो कार्यमा साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले त्यसबेला निर्माण गरेको प्रतिमाको शिलालेख मेटिएको विषय खोजबिन गर्ने र प्रतिमाको स्वरुप यकिन गराउने काममा लाग्न जरुरी रहेको प्रतिनिधिमूलक भनाई राख्नु भयो । सो क्रममा अध्यक्ष न्यौपानेले भानु विशेषाङ्क प्रकाशनको ऐतिहासिक कामको तयारी भइरहेको समेत प्रसंग उल्लेख गर्नुभयो ।

 

तीन वटा वडाको संगमका रुपमा रहेको भानुको प्रतिमास्थलमा १ नम्बर वडाध्यक्ष हरि न्यौपाने, ५ नम्बर वडाध्यक्ष इन्द्र गुरुङ र ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले पनि चासोपूर्ण रुपमा उपस्थिति जनाउँदै भाषा, साहित्यको प्रवद्र्धनमा सबैको सहकार्यको आवश्यकता औंल्याउनु भयो ।

 

भानुभक्तको फोटोमा माल्यार्पणपछि प्रतिमा परिसरमै उभिएर गरिएको भानुभक्तका प्रतिनिधिमूलक रचना वाचन कार्यक्रममा प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोखरेलले भानुभक्तलाई कवितामा स्मरण गर्नुभयो ।

 

सो अवसरमा दमक प्रज्ञा प्रतिष्ठानका संस्थापक अध्यक्ष हेमनाथ अधिकारीले भानुभक्तको नेपाली साहित्यमा मात्र नभएर त्यसबेलाको सामाजिक विद्रोहका लागि गरेको महत्वपूर्ण भूमिका भनें ओझेलमा परेको चर्चा गर्नुभयो । ‘संस्कृत भाषाको एकछत्र प्रभावको बेला भानुभक्तले नेपाली भाषालाई विस्तार गरेर ठूलै क्रान्ति गर्नुभयो । त्यो क्रान्तिले त्यसबेला धेरै नकारात्मक टिप्पणी व्यहोर्नु परेपनि समयको अन्तरालमा सबैका लागि सहज उपलब्धि बन्न पुग्यो ।’– उहाँले समीक्षा गर्नुभयो ।

 

प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराईले अध्यक्षता ग्रहण गर्दै कार्यक्रमको संयोजन गर्नुभएको थियो । जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहालसहितका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण