मेहेन्दीको मोह

साउनमा मेहेन्दी लगाउदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनै पर्छ

बजारमा पाइने अधिकांश मेहेन्दीहरुमा पाइएको रसायनिक पदार्थले छाला सम्बन्धि रोगहरु देखापरिरहेका छन् ।

 

दमक, १ साउन । दमकका ब्युटी पार्लरहरुमा यतिबेला मेहेन्दी लगाउन आउने महिलाहरुको घुँईचो देख्न सकिन्छ । महिलाहरुको दुबै हात मेहेन्दीको डिजाईनले भरिएको देख्न सकिन्छ । पछिल्लो समय बजारमा पाईने अधिकांश मेहेन्दीहरुमा रसायनिक मिसाईएको पाईन्छ । जसका कारण विभिन्न छाला सम्बिन्धी रोगहरु देखा परिरहेका छन् ।

 

 

तर मेहेन्दी लगाईरहने महिलाहरुलाई यसमा मिसाईएको रसायनको विषयमा भने खासै जानकारी नभएको प्रतिक्रिया पाईयो । ब्युटी पार्लरमा मेहेन्दी लगाउन आउनुभएकी विष्णु खड्का भन्नु हुन्छ मेहन्दि लगाउँदा राम्रो देखिन्छ भनेर लगाउन आएकी हु, यसले कस्तो असर पार्छ भन्ने मलाई थाह छैन ।’

 

 

बजारमा पाईने रसायनिक युक्त मेहेन्दी सहजै उपलब्ध छ । जतातै किन्न र लगाउन पनि सजिलो । जसले गर्दा उपभोक्ताहरु यसैको प्रयोग गर्न रुचाइरहेका छन् । यता प्राकृतिक रुपमा आफैँ तयार गरिएको मेहेन्दीको लागत बढी पनि बढि हुने र मिहनत पनि धेरै पर्ने हुन्छ । जसका कारण उपभोक्ताहरुलाई त्यसरी तयार परिएको मेहेन्दी पर्छ । तर, उपभोक्ताहरु गुणस्तरभन्दा पनि कम पैसा तर्फ आर्कषित हुने गरेको भन्दै मेहन्दी लगाउन पार्लर आउने गरेको पशुपति मार्ग स्थित खुसी, खुस्वु व्यूटी पार्लरमा आवद्ध व्यूटीसियन रिता भट्टराईले बताउनु भयो ।

 

 

नयाँ नयाँ डिजाईनमा मेहन्दि लगाउने प्रचलन अहिले झन बढिरहेको छ । घरमै आफैले लगाउने भन्दा पार्लरमा आएर लगाउँदा राम्रो देखिन्छ र बन्छ भनेर पनि सेवाग्राहिहरु पार्लर आउने गरेको दमक ६ स्थित तरकारी बजारको पूर्व पट्टि ग्लोरी व्यूटि पार्लर सञ्चालन गर्दै आउनु भएकी गीता लिम्बु बताउनु हुन्छ । आएका ग्राहक तथा सेवाग्राहिलाई सोहि अनुसारको डिजाईनमा मेहन्दि लगाएर पठाइदिने गरेको उहाँले सुनाउनु भयो ।

 

 

तर यसखाले मेहन्दि लगाउँदा केहि सावधानी अपनाइएन भने यसले छालामा गहिरो असर पार्न सक्ने भन्दै सचेत बन्न छालारोग विषेशज्ञको सुझाव छ । दमकमा जि वन स्किन केयर सञ्चालन गरिरहनु भएका बरिष्ट छाला तथा सौन्दर्य रोग विषेशज्ञ डा. गुरु पौडेल भन्नु हुन्छ ‘कुनैपनि मेहन्दि लगाइसकेपछि चिलाउने, धेरै दिन सम्म त्यसको रङ्ग बसीरहने जस्तो भयो भने मान्नुस त्यसमा अत्याधीक केमिल मिसिएको छ त्यसले तपाईको छालामा असर पार्न सक्छ । ’ त्यसैले लगाउनु अघीनै सस्तो भन्दा पनि कम केमिल भएका गुणस्तरीय मेहन्दि लगाउन उहाँको सुझाव छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,