पोषणले शिक्षालाई बल

विद्यालयको दिवा खाजामा अब गाउँको उत्पादन

स्थानीय परिकारमार्फत गौरिगञ्जमा पोषण र रोजगारी प्रवर्द्धन अभियान सुरु

 

 

गौरिगन्ज | ३ साउन | “होम टु होटल, होटल टु हस्पिटल” जस्ता जीवनशैलीजन्य समस्याको समाधान गाउँमै खोज्ने प्रयासस्वरूप गौरिगञ्ज गाउँपालिकाले विद्यालय स्तरमा दिइने दिवा खाजालाई गाउँमै उत्पादन हुने परिकारबाट प्रतिस्थापन गर्ने अभियान सुरु गरेको छ।

 

शुक्रबार सम्पन्न कार्यक्रममा सरकारी विद्यालयका प्रधानाध्यापक, पालिका प्रतिनिधि र सरोकारवालाहरूले विद्यालय खाजामा स्थानीय अन्न, सातु, फापर, मकै, कोदो लगायतका पोषिलो परिकारको प्रयोग बढाउन सहमति जनाएका छन्।

 

“पोषणले शिक्षालाई बल दिन्छ, बालबालिकाको स्वास्थ्य सुधारसँगै गाउँको उत्पादनमा आत्मनिर्भरता ल्याउँछ,” उपाध्यक्ष पुजन न्यौपाने कुवरले बताउनु भयो ।

 

पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनको पहलमा स्थापना गरिएको “गौरी फुड प्रोडक्ट” मार्फत उत्पादन भएको परिकार विद्यालयमा खाजाका रूपमा प्रयोग हुने भएको छ। हालसम्म ६ जना स्थानीयले तालिम लिएर उत्पादन प्रक्रिया सुरु गरिसकेका छन्।

 

बालबालिकाको पोषण सुरक्षादेखि महिला र युवाको रोजगारीसम्म जोडिएको यो अभियान आगामी दिनमा कोशी प्रदेशका अन्य पालिकामा पनि विस्तार गरिने घोषणा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको