पथरीशनिश्चरेमा ‘सृजना मझेरी’ कार्यक्रम थालनी हुँदै

‘विद्यार्थीसँग साहित्य’ कार्यक्रमको पनि तयारी

पथरी, २९ असोज / मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिले कला र साहित्यको मासिक कार्यक्रम ‘सृजना मझेरी’ सञ्चालन गर्ने भएको छ ।

पथरी शनिश्चरेको सृजना क्षेत्रको गतिविधिको इतिहासलाई व्यूँताउँदै मासिक रूपमा साहित्य र कलाका प्रस्तुतिको कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम श्रृंखलावद्ध कार्यक्रम ‘सृजना मझेरी’को तयारी भएको समिति अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो । सो कार्यक्रमको पहिलो श्रृंखला असोज ३१ गते हुने भएको छ । दशैं, तिहार, छैठको शुभकामना आदानप्रदानसहितको सो कार्यक्रममा नगर बाहिरका केही अतिथि श्रष्टाका साथमा नगरका सर्जकहरुको प्रस्तुतिको कार्यक्रम तय भएको सचिव लक्ष्मीप्रसाद फुयालले सुनाउनु भयो ।

सवै मानिसहरुमा सृजना विस्तार गर्दै सृजनशील समाज निर्माणको हेतुले विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुलाई पनि कार्यक्रममा उपस्थितिका लागि आमन्त्रित गरिएको छ । उहाँहरुको उपस्थितिले नगरको सृजनात्मक गतिविधिलाई प्रोत्साहित गर्ने समितिले विश्वास लिएको छ ।

‘विद्यार्थीसँग साहित्य’ कार्यक्रमको पनि तयारी
समितिले यो वर्ष कम्तिमा ३ महिनाको कार्यक्रम विद्यालयका विद्यार्थीहरुका लागि तय गरेको छ । विद्यार्थीहरुमा साहित्य लेखनको प्रशिक्षणमूलक कार्यक्रमका रुपमा ‘विद्यार्थीसँग साहित्य’ को तयारी गरिरहेको हो । जसमा साहित्य सिक्न इच्छुक नगरका सबै विद्यालयका विद्यार्थीको संख्याको आधारमा उनीहरुलाई लागि पायक पर्ने विद्यालयमा साताको एक दिन विद्यालयको अतिरिक्त क्रियाकलापको कार्यक्रमसँग जोडेर सो प्रशिक्षण सञ्चालन गरिने यसका संयोजक गणेश बाछाना राईले जनाउनु भयो । जसका लागि पाठ्यक्रम समेत निर्माण गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा