बर्डफ्लू

कृषि फार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लू पुष्टि

 

 

 

काठमाडौं काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा बर्डफ्लू पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोकर्णेश्वर नगरपालिका ३ स्थित एक कृषि फार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लू देखिएको जनाएको छ।

यही माघ २७ गते केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। काठमाडौंसहित चितवनको राप्ती नगरपालिका ६ मा पनि बर्डफ्लू पुष्टि भएको छ। प्रभावित क्षेत्रमा रोग नियन्त्रणका लागि काम भइरहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए। उनले भने, ‘एभियन इन्फ्लुएन्जा भाइरसको संक्रमण खासगरी पंक्षीहरुमा हुन्छ। तर हाल पुष्टि भएको एचफाइभएनवानले मानिसमा पनि संक्रमण गराउन सक्छ।’

यो भाइरसले विशेषगरी श्वासप्रश्वासमा संक्रमण गर्ने उनले बताए। मानिसमा संक्रमण भए/नभएको पहिचान गर्ने, संक्रमित व्यक्तिहरुमा उपचार सुरु गर्ने, सम्पर्कमा आएका व्यक्ति १० दिनसम्म आइसोलेसनमा बस्नुपर्ने, सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

बर्डफ्लू भए/नभएको बारे प्रयोगशालामा परीक्षण गरेर मात्र पुष्टि गर्न सकिने उनले जानकारी दिए। यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको छ।

प्रभावित क्षेत्रमा श्वासप्रश्वासमा गम्भीर समस्या भए, १०४ डिग्रि ज्वरो आए, रुघाखोकी लागे, सिगान बग्ने अथवा नाक बन्द भए, घाँटी दुखे बर्डफ्लूको परीक्षण गराउन मन्त्रालयको आग्रह छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई

सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली

काठमाडौं ,५ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गर्नुभयो । सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई