साउने सोमबार

साउने सोमबारको पहिलो दिन, यस्तो देखियो दमकका शिवालयहरुमा भक्तजनको भीड

शिवजीलाई साउन महिनामा जल चढाउँदा मनोकाक्षा पुरा हुने विस्वास

दमक| ५ साउन |        साउन महिनाको सोमबारलाई शिवजीको खास दिन मानीन्छ । साउनभर शिव भक्तहरु ब्रत बस्ने र सोमबार जल चढाउन भन्दै बिभिन्न शिवालयहरुमा जाने गर्दछन् । यही क्रममा झापाको दमकमा रहेका दुई शिवलयहरु धनेस्वर र पशुपति मन्दिरमा पनि यो वर्षको साउन महिनाको पहिलो सोमबार भक्तजनको घुँइचो देखियो ।

 

शीवजीको अग्लो शालीक । मन्दिर देखी बाहिरैबाट समेत प्रष्ट देखिने । सिङ्गो गाउँलाईनै आफ्‌नो काखमा राखेजस्तै अनुभुत । यसको तलतर्फ १०८ वटा शिवलिङ्ग । त्यसको भीत्रपट्टि शिव पार्वतीको आकर्षक मन्दिर समेत । अनी यहाँ आएर जल चढाउने र दर्शन गर्नेहरुको भीड निकै लामो थियो । यो ठाउँ हो दमक ५ स्थित धनेश्वर शिवालय पाञ्चायन मन्दिर ।

 

 

यही मन्दिरमा भेटिनु भएकी रेनुका प्रसाई भट्टराई शिवजीलाई जल चढाउन यहाँ आउनु भयो । उहाँ भन्नु हुन्छ ‘शिवजीलाई साउन महिनामा जल चढाउँदा मनोकाक्षा पुरा हुने विस्वासका साथ आएकी हु । मलाई अनन्द लाग्छ । ’

 

यस्तै यही मन्दिरको परिसमा अर्कोपनि आकर्षक स्थल छ । नाग पोखरी । पोखरीको बिचमा शिवजीको अर्को प्रतिमा बनाइएको छ । जसको शीरबाट पानी झरीरहने बनाइएको छ । यहाँ वरीपरी पानीको फोहोरा सहित सफा र सुन्दर पोखरी । छेउ छेउमा रहेका बगैचाले सबैको मनै लाभ्याउने गर्र्दछ ।

यस्तै आकर्षक शविालयमा भेटिनु भएकी शोभा बेलबासे खतिवडा साउनमा शिवजीको भक्त बन्दा आफ्‌नो मनोकक्षा पुरा हुने मात्रै नभएर आत्मासुद्धि हुने र कम्तीमा हप्तामा एक दिन मात्र भएपनि ब्रत बस्दा र शिवलाय मन्दिरहरुमा जादा हिन्दु धर्मको संवर्धन र प्रर्वधन समेत हुने बताउनु हुन्छ ।

 

 

यस्तै दमक ६ बजार क्षेत्रमा रहेको शिव कामेस्वर पशुपतिनाथ मुक्तिधाममा पनि दर्शनार्थीको उत्तीकै भीडभाड देखिन्थ्यो । ठाउँ केहि साँधुरो रहेकोले पनि भक्तजनहरुको खचिखचाउ यहाँ देख्न सकिन्छ । भर्खरै बनाइएको यहाँको शिवलोक यस धामको नयाँ आकर्षक गन्तव्य बनेको छ भने मुख्य मन्दिरको छानो तामाले छाएकोले यो हेर्दा आकर्षक देखिन्छ । यहाँ पनि बिहानै देखी भक्तजनहरु धुमधामका साथ जल चढाइरहेका थीए ।

 

 

यही अवसरमा धनेस्वर मन्दिरमा रोटरी र रोट्र्याक क्लव साथै डाईनामीक पब्लीक लाइब्रेरीले चीया र प्रसाद वितरण गरेको थियो भने पशुपति मन्दिरमा लिओ क्लव अफ दमक यूनाईटेडले सर्वत र मैथेली सेवा समितीले भक्तजनहरुलाई प्रसाद वितरण गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि