पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारले अनुसन्धानको लागि बोलायो

दमक, ५ साउन । घुस मागेको अडियो काण्डको विवादमा मुछिएका पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ।

आयोगको एक उच्च अधिकारीका अनुसार गुप्तालाई मंगलबारसम्म आयोगमा हाजिर हुन भनिएको हो । यद्यपि, अख्तियारले यसबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

आयोगका एक कर्मचारीका अनुसार गुप्तालाई प्रारम्भिक सोधपुछ, अर्थात् ‘इन्क्वायरी’का लागि बोलाइएको हो। पछिल्लो समय सार्वजनिक भएको अडियो रेकर्डिङमा संलग्नताको आशंकामा गुप्तासँग बयान लिने तयारी आयोगले गरेको छ।

सार्वजनिक अडियोमा उहाँले मन्त्रालयका संवेदनशील निर्णयहरूमा प्रभाव पार्ने आशय झल्किने कुराकानी रहेको आरोप लागेको छ। सोही आधारमा नागरिक समाज र विभिन्न सरोकारवाला समूहले छानबिनको माग गर्दै आएका छन् ।

यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोले गुप्ताले सरकारी निर्णयमा प्रभावको सन्देह हुने गरी दलाली शैलीमा संवाद गरेको आरोप लागेको थियो। सो प्रकरणपछि उहाँमाथि राजनीतिक र सार्वजनिक दवाब बढेको थियो । जसको केही दिनमै उहाँले पदबाट राजीनामा दिनु भएको थियो ।

हाल आयोगले प्रारम्भिक अनुसन्धानका आधारमा गुप्तालाई छलफलका लागि बोलाएको भए पनि घटनाबारे थप प्रमाण र बयानका आधारमा निर्णय लिने बताइएको छ। गुप्ताको बयानपछि आयोगले उहाँलाई प्रतिवादी बनाउने कि नबनाउने भन्ने निर्णय गर्नेछ।

अख्तियार स्रोतले दायरा फराकिलो पारेर अडियोमा संलग्न अन्य सम्भावित व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइने बताएको छ । अडियोको वैज्ञानिक परीक्षण (भ्वाइस म्याचिङ) तथा टेक्निकल विश्लेषण गर्ने तयारीमा आयोग रहेको स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै