रोटरीको योजना

रोटरी क्लब दमकले सार्वजनिक गर्यो वार्षिक कार्ययोजना

एक वर्षमा २८ लाख खर्च गरेर सामाजिक काम गर्ने

दमक,८ साउन ।रोटरी क्लब अफ दमकले रोटाबर्ष २०२५÷०२६ का लागि करिब २८ लाख रुपैयाँ बराबरका वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। बिहीबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले आफ्नो सामाजिक क्रियाकलापका योजना सार्वजनिक गरेको हो।

 

क्लबको भर्खरै सम्पन्न पदस्थापनमा नेतृत्व ग्रहण गर्नुभएका अध्यक्ष केशब अग्रवालले आफ्ना कार्यकालमा गर्ने कार्ययोजना सार्बजनिक गर्नुभएको हो । क्लबका अध्यक्ष केशब अग्रवालले क्लब स्थापना कालदेखि गर्दै आएका विविध सामाजिक सेवाका कार्यक्रमहरूको संक्षिप्त विवरण दिनुहुँदै नयाँ योजनाबारे पनि जानकारी दिनुभयो।

 

त्यसक्रममा प्रोजेक्ट अध्यक्ष दिपु सन्दीप चापागाईंले आउँदो वर्षका प्रमुख कार्यक्रमहरूबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार क्लबले जुलाई महिनामा वृक्षरोपण कार्यक्रम आयोजना गर्दैछ। साथै, स्वास्थ्य, शिक्षा, आर्थिक सहयोग, सरसफाइ र युवा लक्षित सीप विकास कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।

 

नयाँ सदस्यता विस्तार तथा क्लब विकाससम्बन्धी तालिम जस्ता कार्यक्रम सञ्चालन गर्नेछ। कार्यक्रम क्लबका अध्यक्ष केशब अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि