रंगकर्म

पथरी शनिश्चरे पस्यो ‘चरणदास चोर’

नगरलाई ‘थिएटर हब’को रुपमा विकास गर्ने प्रयत्न

पथरी, ९ साउन / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे सृजना क्षेत्रमा अगाडि छ । जहाँ साहित्य र कलाका विभिन्न गतिविधिको सक्रियताको इतिहासलाई समेत स्मरण गर्दै नयाँ पुस्तामा सृजना जागरणको सन्देश छर्ने काम भइरहेको छ । जसमध्येको एक संस्था ‘शव्द थिएटर’ले नगरमा रंगमञ्चलाई विस्तार गर्दै ‘थिएटर हब’को रुपमा विकास गर्ने प्रयत्न गरिरहेको छ ।

 

पछिल्लो पटक ‘चरणदास चोर’ नाटकमार्फत नगरका विद्यालय तथा क्याम्पसका नवयुवा पुस्तालाई लक्षित गरेर सृजनाको माहोल खडागर्ने ध्याउन्तेमा छ ‘शव्द थिएटर’ । कला सस्तो मनोरञ्जनको साधन नभएको कुरा बुझाउँदै कलाको सम्मानका लागि टिकटमा नाटक देखाउने क्रमको यो दोस्रो नाट्य अभियान रहेको यसका निर्देशक जीवन बरालले अर्थ्याउनु भयो । ‘कला र कलाकारको सम्मानका लागि अनि नाट्यक्षेत्रलाई व्यवसायिक बनाउने हेतुले टिकटमा नाटक देखाउने र नगरका नवयुवा पुस्तामा सृजनाको विकास गराउने उद्देश्यमा हामी लागिरहेका छौं ।’– बरालले भन्नुभयो ।

 

हुनत, पथरी शनिश्चरेमा ०५० सालको सुरुवातताका केही नाटकहरु टिकटमा समेत देखाइएका थिए । त्यो बेलाको परम्परागत शैली र प्रविधिबिनाको जबरजस्तीजस्तो प्रयासको साक्षी रहनु भएका नाट्यकर्मी अशोक साम्पाङ नाटकको नयाँ प्रविधि र शैलीसंग जोडिएर नाट्ययात्रामा सामेल हुनुहुन्छ । ‘अनि देउराली रुन्छ’ नाटकबाट व्यवसायिक नाट्यात्रामा रहनु भएका साम्पाङ थिएटरलाई संस्थागत रुपमा दर्बिलो बनाउँदै नगरलाई ‘थिएटर हब’ निर्माणको योजनाको अगुवाई समेत गर्दै आउनु भएको छ ।

 

नाटकको अभ्यासको क्रम अन्तिम चरणमा पुगेको छ । एउटा चोरी गरिहिड्ने मान्छे कसरी रानीको प्रियपात्रसम्म बन्न पुग्छ भन्ने विषयलाई रमाईलो गरी नाटकमा प्रस्तुत गरेको छ । त्यसैभित्र राजनीतिक र सामाजिक मनोदशालाई पनि उजागर गरिएको छ ।
जसमा मोरङ र झापाका पुरानादेखि नाटक सिक्न रुचि राख्ने नवयुवा पुस्ताको समीश्रण रहेको छ । नाटकमा अशोक साम्पाङ, सुमन कुईकेल बराल, प्रेम खतिवडा, पुष्प राई, नविन रिजाल, सन्तोष छत्र राई, करुणा तिम्सिना, भूमिका बस्नेत, प्रसुना तिम्सिना, गृष्मा लिम्बू, अतिसर श्रेष्ठसहितको अभिनय देख्न पाइन्छ ।

 

भारतका हविव तन्वीरको लेखन रहेको ‘चरणदास चोर’ नाटकलाई नेपालका रंगकर्मी आसान्त शर्मा र राजन खतिवडाले नेपाली रुपान्तरण गर्नुभएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय