इसाई समाजबाट रक्तदान, शैक्षिक प्रोत्साहन र विरुवा वितरण

दमक, १६ साउन / दमक नगर इसाई समाजले दमकका ४६ औं रक्तदान कार्यक्रमसहित विद्यार्थी शैक्षिक प्रोत्साहन र फलफूलका विरुवा वितरण गरेको छ ।

 

 

कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमक नगरको विकास, परिवर्तन र सामाजिक सेवामुखी अभियानमा दमक नगर इसाई समाजको योगदान उच्च रहेको भन्दैं प्रशंसा गर्नुभयो ।

 

दमक गणतन्त्र चौकमा आयोजित रक्तदान कार्यक्रममा ४७ महिलासहित १ सय ३५ जनाले रगत दान गरेका थिए । २०५२ सालदेखि दमक नगर इसाई समाजले दमकमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

 

सोही कार्यक्रमकाबीच दमक क्षेत्रभरी सामुदायिक तथा निजी विद्यालयबाट यसवर्षको एसईईमा उत्कृष्ठ अंक ल्याउने आधा दर्जन विद्यार्थीलाई नगद पुरुस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । रक्तदातासहित कार्यक्रमका पाहुनाहरुलाई मायाको चिनोस्वरुप अम्बक, सिरिस लगायतको विरुवाहरु वितरण गरिएको छ ।

 

 

दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षताको कार्यक्रममा दमक नगर इसाई समाजका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार सदस्य पाष्टर आकाश थुलुङ राईले दमकका ४६औं रक्तदान कार्यक्रम उत्साहजन र सफलताका साथ सम्पन्न गर्न पाएकोमा रक्तदाताहरु र प्राविधिक सहयोग गर्ने दमक रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागप्रति आभार सहित धन्यवाद व्यक्त गर्नुभयो ।

 

सामाजिक व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका थुलुङले २०५२ सालदेखि दमकमा जाति, धर्म, लिङ्ग र कालो–गोरो नभनी सामाजिक सेवामुखी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभयो । कोभिडको सक्रमणकालिन समयमा इसाई समाजले दमकमा खाद्यान्य सामग्रीहरुदेखि स्वास्थ्य र चेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको समेत जनाउनु भयो ।

 

 

कार्यक्रममा जीवन चक्र समाज नेपालका संस्थापक अध्यक्ष एवम् सडक (राजमार्ग) सुरक्षा अभियानकार गणेशप्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

दमक नगर इसाई समाजका पूर्व अध्यक्ष एवम् अन्तर धार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले परमेश्वरको प्रार्थनाबाट कार्यक्रम शुभारम्भ गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३