बिर्तामोड, १८ साउन / वर्षाका कारण मेचीनगर ६ पिङकिठ्याकमा घरमा क्षति गर्दा २० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
आइतबार १ः४५ बजेको समयमा वर्षाका कारण स्थानीय ज्ञानबहादुर गिरीको जस्तापाताको छाना भएको १ तले भान्साघर र पर्खाल भत्किदा २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वर्षाका कारण कतिपय घरहरु डुबानमा परेर जनजीवनमा समस्या भएको छ ।










