विपन्न विद्यार्थीलाई राहत

गौरीगञ्जमा मुख्यमन्त्रीद्वारा साइकल वितरण

गौरीगञ्ज क्याम्पस सहित त्यस क्षेत्रका चारवटा विद्यालयका २० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो।

विराटनगर, २० साउन ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको गौरीगञ्जमा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई साइकल वितरण गर्नुभएको छ।

 

आज झापाको गौरीगञ्ज क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच साइकल वितरण गर्नुभएको हो। गौरीगञ्ज क्याम्पस सहित त्यस क्षेत्रका चारवटा विद्यालयका २० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो।

 

सामाजिक संस्था आलरेस दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो। संस्थाको सहयोगमा मोरङको सुनबर्सी ६ मा रहेको गजादर माविमा पनि आजै मुख्यमन्त्री कार्कीले १० जना विद्यार्थीलाई साइकल वितरण गर्नुभयो।

 

सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म शिक्षा क्षेत्रमा काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेश सरकारको स्रोत थोरै भएपनि केही न केही विद्यालय र सामुदायिक क्याम्पसहरूमा सहयोग गरेर काम गरिरहेको बताउनुभयो।

 

 

 

उहाँले भन्नुभयो’ प्रदेशको सामर्थ्यले भ्याएसम्म गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि प्रदेश सरकारले काम गरिरहेको छ।, मुख्यमन्त्री कार्की आज उहाँको निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गौरीगञ्ज पुग्नुभएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि