विपद् जाेखिम न्युनीकरणा पूर्वतयारी

झापामा निरन्तर वर्षा : जोखिम सामना गर्ने पूर्वतयारी कस्तो छ ?

खासगरी कन्काई, माई, सताक्षी, लगायत अन्य खहरे खोलाहरुका कारण जोखिम बढिरहेको छ ।

 

दमक, २१ साउन । झापामा  यतीबेला झापाका अधिकांश गएराती देखीनै अवरिल पानी परिरहेको छ । निरन्तर पानी परेका कारण खोला तथा नदिहरुका बहाव पनि बढेको छ । जिल्लामा रहेका रतुवा, कन्काई, मेचि तथा निन्दा लगायत नदिहरुमा सरदर भन्दा आज बिहान पानीको बहाव बढेको हो ।

इलाम , पाँचथर तथा पहाडी क्षेत्रमा समेत निरन्तर वर्षा भइहरकोले समेत नदिहरुमा बाढिको जोखिम बढेको नेपाल रेडक्रस सोसाईटि झापाले जनाएको छ ।

रेडक्रसका अनुसार झापाका दक्षीण र उत्तर तर्फका अर्जुनधारा र बुद्धशान्त्तीमा पनि यो पटक बाढि, डुबान र कटानका जोखिम बढेका छन् ।

नदि तटीय क्षेत्रमा सुरक्षीत भएर बस्न यस अघीनै पटक पटक सुचना जारी समेत गरिएको जिल्ला प्रशाषन कार्यालय झापाले जनाएको छ ।

शिक्षसताक्षीको विपद् सामना गर्न पूर्वतयारी

यही सन्दर्भमा जिल्लाको शिवसताक्षी नगरपालिकाले यस वर्षको विप्वत्तसग जुँध्न बिभिन्न कार्ययोजना बनाएको छ ।नगरकी उप प्रमुख नरमाया कार्कीले नगरको जोखिम क्षेत्रको पहिचान, त्यहाँ अपनाउनु पर्ने सुरक्षाको प्रबन्ध र आवश्यक तयारी सबै तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

 

रेडियो किङ एफएमको दैनिक प्रस्तुती कार्यक्रम सत्य संवादमा कुरा गर्दै उप प्रमुख कार्कीले भन्नु भयो यहाँ नदिहरु खासगरी कन्काई, माई, सताक्षी, लगायत अन्य खहरे खोलाहरुका कारण जोखिम बढिरहेको छ । हामी सके सम्म कम क्षीत हुने र बस्तीलाई सुरक्षीत राख्ने तयारी अवस्थामा छौ । ’

 

नदि नियन्त्रणको काम निरन्तर चलीरहेको र स्थानीय श्रोत साधन तथा बजेटको प्रयोगले अस्थाई बाँध बाँधेर भएपनि नागरिकको जनधनको क्षती न्यूनिकरण गर्न कार्ययोजना बनाएर तयारी अवस्थामा रहेको उहाँले सुनाउनुभयो ।

उहाँसगको संवाद सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.facebook.com/share/v/161qmJdKKT/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि