‘अर्जेन्ट’ लाइसेन्स अबदेखी चौबीस घण्टामै उपलब्ध

दमक,२१ साउन । यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले अर्जेन्ट रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) चाहिनेहरूलाई चौबीस घण्टाभित्र उपलब्ध गराउँदै आएको बताउनु भएको छ ।

 

‘यो सेवा सुरक्षाकर्मी, वैदेशिक रोजगारमा जानेका लागि मात्र होइन,’ उहाँले भन्नु भयो,‘अन्यको हकमा पनि यो सुविधा उपलब्ध छ, त्यसका लागि विभागले उपलब्ध गराउने निवेदनमा हस्ताक्षर गरेर दिनुपर्ने छ, त्यसका लागि स्वयं व्यक्ति नै विभागमा उपस्थित हुनुपर्छ ।’
विषयगत समितिबाट साउनदेखि प्रदेशहरूले लाइसेन्स छाप्ने भनेर निर्णय गरिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । ‘साउनसम्म छाप्न बाँकी पुरानो लाइसेन्स साढे २३ लाख छ, यसका लागि सेक्युरिटी प्रिन्टिङ प्रेससँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौं,’ उहाँले बताँउनु भयो,‘यी सबै लाइसेन्स प्रिन्ट गरेर दिने छौं, अहिले प्रिन्टका लागि यसको फिचर्स बनाइँदै छ, यो टुंगिने प्रक्रियामा छ, तीन महिनाभित्र सबै लाइसेन्स छापिसक्ने जानकारी पाएका छौं ।’

लाइसेन्स डिजिटल रूपमा नागरिक एपमा जोडिएकाले प्रिन्ट नचाहिने उहाँको भनाइ छ । यसमा ट्राफिक प्रहरीले चिट काट्दा डिजिटल रूपमा नै काट्ने र डिजिटल रूपमा नै भुक्तानी हुने व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
‘कतिपयले त प्रिन्ट नै चाहिन्छ भनेर आउनुहुन्छ, त्यसैले साउनसम्मको जति पुरानो छाप्न बाँकी छ, त्यो सबै छापेर वितरण गर्ने छौं,’ उहाँले भन्नु भयो,‘त्यसपछि प्रदेशहरूले आ–आफ्नो तरिकाले प्रिन्ट गर्ने व्यवस्थापन गर्नेछन् ।’ बागमती प्रदेशले लाइसेन्स प्रिन्ट गर्ने मेसिन खरिद गरिसकेको छ । साउनबाट काम गर्ने तयारी गरे पनि त्यसको प्रणाली (सिस्टम) बनाउने काम भइरहेको उनले बताए । यसअघि प्रिन्ट भएर बसेका दुई लाख लाइसेन्स लिन भने कोही नआएको उहाँले बताँउनु भयो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा लाइसेन्सको अवधि पाँच वर्ष रहेकोमा यसको अवधि बढाएर १० वर्ष कायम गरिएको छ । अब सवारी चालक अनुमति प्राप्त गरेको १० वर्षमा नविकरण गर्नुपर्ने महानिर्देशक पोखरेलले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि