कानेपोखरीको केन्द्र विवाद टुंगियो

कानेपोखरी ,२१ साउन । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको बताइएको छ ।

उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गर्नु भएको छ । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई सहज भएको छ ।

कानेपोखरी ६ का रोमन पराजुली समेत ४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश सरकार, कानेपोखरी गाउँपालिका, गाउँपालिका कार्यपालिकाको कार्यालय, पालिका अध्यक्ष राजमती इङ्नाम र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध कानेपोखरी ६ रमाइलोका रोमन पराजुलीसमेत चार जनाले सर्वोच्च अदालतमा २०८१ फागुन १३ गते मुद्दा दर्ता गर्नु भएको थियो ।

कानेपोखरी गाउँपालिकाको गाउँसभाले २०८० वैशाख १७ गते कानेपोखरी ६ स्थित रमाइलो बजारमा रहेको प्रमुख प्रशासकीय अधिकृत भवनसहितको केन्द्र वडा नम्बर ५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो । भवनसहित केन्द्र सार्नका लागि बैठकमा ३४ जनाले मतदान गरेका थिए । जसमा भवन सार्ने पक्षमा २७ र भवन हाल रहेको स्थानमा यथावत राख्ने पक्षमा ७ जनाले मतदान गरेका थिए । केन्द्र स्थापनाको लागि भौंसाबारीमा पालिकाले १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो ।

सोही निर्णयको आधारमा २०८० माघ २९ गते कोशी प्रदेश सरकारले प्रशासकीय भवन सार्ने पालिकाको निर्णयलाई स्वीकृत गर्दै संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संघीय सरकारले २०८१ पुस १६ गते सो निर्णयको अनुमोदन गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा निवेदन परेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि