प्रहरीद्धारा अश्रुग्यास हान्दा प्रदर्शनकारी भागाभाग

राजविराज ,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको विरोध गरिरहेका प्रदर्शनकारीमाथि बुधबार दिउँसो अश्रुग्यास प्रहार भएको छ ।

मंगलबार राति तस्करी रोक्न त्यहाँ पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएपछि बुधबार बिहानैदेखि आफन्त र स्थानीयले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले ज्यादती गरेको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दिउँसो प्रदर्शनमा उत्रिएका उनीहरुमाथि अश्रुग्यास हानिएको हो । प्रहरीले अश्रुग्यास हान्दा प्रदर्शनकारी भागाभाग भएको छ भने तीन÷चार जनालाई चोट लागेर घाइते भएको प्रदर्शनकारीको भनाइ छ ।

एसपी गौतमकुमार केसीले जिल्ला प्रहरी कार्यालय अगाडि बनाइएको सुरक्षा घेरा ढुंगामुढा गर्दै प्रदर्शनकारीले तोड्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरेको बताउनु भयो । ‘ढुंगामुढा लागेर ४÷५ जना पनि प्रहरी घाइते भएका छन्,’ उनले भने ‘अहिले अवस्था नियन्त्रणमा आइसकेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३