दमक फन जोन

खेलौनाको होलसेल पसल , जहाँ पाइन्छ सबै खाले खेलौना

बालबालिकाका लागि रमाइलो गन्तव्य र अभिभावकका लागि भरपर्दो किनमेल थलो बन्दै

दमक| २१ साउन | झापाको दमक–५ मा रहेको ‘दमक फन जोन’ पछिल्लो समय सस्तो मूल्यमा बालबालिकाका खेलौनाहरु किनमेल गर्न चाहने ग्राहकहरुको रोजाइमा पर्न थालेको छ । होलसेल दरमा विविध खेलौनाहरु सहज रूपमा उपलब्ध भएपछि यहाँ अभिभावकदेखि खुद्रा व्यापारीसम्म आकर्षित भएका छन् ।

 

दमक नगरपालिका वडा नं ५को वडा कार्यलयको अगाडीको दमक फन जोनमा पाइने खेलौनाहरु केवल आकर्षक मात्र नभएर गुणस्तरीय पनि छन् । अनी सस्तो होलसेल मूल्यमा पनि उपलब्ध छन् । विगत ७ वर्षदेखी संञ्चालनमा रहेको दमक फन जोन दमकको र झापाको मात्र नभई कोशी प्रदेशकै सबैभन्दा सस्तो खेलौना बेच्ने होलसेल पसल रहेको यस्को संञ्चालिका देवी माया ढुंगेल पाठकको भनाई छ ।

 

त्यस्तै सञ्चालक प्रविन पाठकका अनुसार दमक फनजोनले सामान दमकभित्र मात्र नभई दमक देखी बाहिरको सहरहरुमा पनि डेलिभरी गर्ने गरेको छ । यहाँ होलसेलमात्र नभई खुद्रा लागी पनि सामान पाईन्छ ।

यहाँ किनमेल गर्न आउनुभएकी अम्बिका खतिओडा भन्नुहुन्छ ‘बजारमा यति धेरै प्रकारका र सस्तो दरमा खेलौना अरू कतै भेटिदैन । यहाँको खेलौनाहरुको गुणस्तर पनि राम्रो छ र मुल्य पनि सस्तो छ । त्यसैले यही आएकी हु ।’

 

दमक फन जोनले स्थानीय बजारलाई मात्र होइन, वरपरका पालिकाहरूलाई समेत लक्षित गर्दै खेलौना सेवा विस्तार गरिरहेको छ। सस्तो दर, गुणस्तरीय सामग्री र सहज सेवाका कारण यो केन्द्र बालबालिकाका लागि रमाइलो गन्तव्य र अभिभावकका लागि भरपर्दो किनमेल थलो बन्दै गएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,