आँखाको क्यान्सर

पाँच  वर्षमुनिका बालबालिकालाई आँखाको क्यान्सरको खतरा

 

 

 

के तपाईंलाई थाहा छ, पाँच वर्षमुनिका बालबालिकामा पनि आँखाको क्यान्सर हुन्छ भनेर ? उनीहरुमा एक वा दुवै आँखाको भित्री भागको पर्दा रेटिना (retina) बाट पलाउने क्यान्सर (रेटिनोब्लास्टोमा) लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ ।

यो क्यान्सर १५ हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्ने गरेको छ । रोगको पहिचान गर्न ढिलो भएमा आँखामा फैलिएर अन्धोपनसमेत ल्याउन सक्छ भने शरीरको अन्य भागमा फैलिए ज्यानसमेत जान सक्ने तिलगंगा आँखा अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताउँछिन् ।

आँखाकै क्यान्सरका कारण नेपाल लगायत विकासोन्मुख देशहरूमा यस रोगबाट ५० प्रतिशतको मृत्यु हुने गर्छ । यद्यपि विकसित देशहरू भने ५ प्रतिशतभन्दा कमको मृत्यु हुने अध्ययनहरूले देखाएको छ ।

१७ वर्ष अघिदेखि तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सरको उपचार सुरु गरिएको हो । यद्यपि क्यान्सर रोगको विभाग नै स्थापना गरी उपचार सुरु गरिएको ५ वर्ष पुगेको डा. राजकर्णिकारले बताइन् । तिलगंगा आँखा अस्पतालमा वार्षिक रूपमा ३०० जना आँखाको क्यान्सरका बिरामी उपचारका लागि आउने गर्छन् । यस्तै,  आँखाका नयाँ क्यान्सरका बिरामी ५० जना उपचारका लागि पुग्ने उनले बताइन् ।

डा. कर्णिकारअनुसार आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुँदा देखिने लक्षण यस्ता छन् ।

–आँखाको नानीको कालो भागमा सेतो टिका देखिने 
–
आँखामा डेडोपन देखिने
–
आँखा असामान्य रूपमा रातो देखिने दुख्ने
–
आँखाको आकार ठुलो हुँदै जाने 
–
आँखा बाहिरतिर आउने

रेटिनोब्लास्टोमा ५ वर्ष मुनिका कुनै पनि बालबालिकामा देखिन सक्छ । यस्तै, रेटिनोब्लास्टोमा रोगले आँखामा असर पुर्‍याएका आमा बाबुका छोरा छोरीलाई यो रोग लाग्छ सक्छ ।

रेटिनोब्लास्टोमा बिरामीका भाइ बहिनीलाई पनि यो रोग लाग्न सक्ने सम्भावना रहन्छ । त्यसैले पाँच वर्षमुनिका बालबालिकाको आँखा यस्तो लक्षण देखिएका परीक्षणका लागि अस्पताल पुर्‍याउनुपर्छ ।

रेटिनोब्लस्टोमा रोग लागे नलागेको पत्ता लगाउन आँखा रोग विशेषज्ञहरूले बच्चालाई बेहोस पारेर आँखाको रेटिनाको जाँच गर्छन् । समयमै उपचार गरिएन भने आँखाको क्यान्सर अन्य भागमा फैलिएर ज्यानै समेत जान सक्ने डा.राजकर्णिकारको भनाइ छ । त्यसैले बालबालिकाको आँखामा समस्या भए नभएको चनाखो भइरहनुपर्ने उनको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर