आँखाको क्यान्सर

पाँच  वर्षमुनिका बालबालिकालाई आँखाको क्यान्सरको खतरा

 

 

 

के तपाईंलाई थाहा छ, पाँच वर्षमुनिका बालबालिकामा पनि आँखाको क्यान्सर हुन्छ भनेर ? उनीहरुमा एक वा दुवै आँखाको भित्री भागको पर्दा रेटिना (retina) बाट पलाउने क्यान्सर (रेटिनोब्लास्टोमा) लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ ।

यो क्यान्सर १५ हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्ने गरेको छ । रोगको पहिचान गर्न ढिलो भएमा आँखामा फैलिएर अन्धोपनसमेत ल्याउन सक्छ भने शरीरको अन्य भागमा फैलिए ज्यानसमेत जान सक्ने तिलगंगा आँखा अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताउँछिन् ।

आँखाकै क्यान्सरका कारण नेपाल लगायत विकासोन्मुख देशहरूमा यस रोगबाट ५० प्रतिशतको मृत्यु हुने गर्छ । यद्यपि विकसित देशहरू भने ५ प्रतिशतभन्दा कमको मृत्यु हुने अध्ययनहरूले देखाएको छ ।

१७ वर्ष अघिदेखि तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सरको उपचार सुरु गरिएको हो । यद्यपि क्यान्सर रोगको विभाग नै स्थापना गरी उपचार सुरु गरिएको ५ वर्ष पुगेको डा. राजकर्णिकारले बताइन् । तिलगंगा आँखा अस्पतालमा वार्षिक रूपमा ३०० जना आँखाको क्यान्सरका बिरामी उपचारका लागि आउने गर्छन् । यस्तै,  आँखाका नयाँ क्यान्सरका बिरामी ५० जना उपचारका लागि पुग्ने उनले बताइन् ।

डा. कर्णिकारअनुसार आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुँदा देखिने लक्षण यस्ता छन् ।

आँखाको नानीको कालो भागमा सेतो टिका देखिने 
आँखामा डेडोपन देखिने
आँखा असामान्य रूपमा रातो देखिने दुख्ने
आँखाको आकार ठुलो हुँदै जाने 
आँखा बाहिरतिर आउने

रेटिनोब्लास्टोमा ५ वर्ष मुनिका कुनै पनि बालबालिकामा देखिन सक्छ । यस्तै, रेटिनोब्लास्टोमा रोगले आँखामा असर पुर्‍याएका आमा बाबुका छोरा छोरीलाई यो रोग लाग्छ सक्छ ।

रेटिनोब्लास्टोमा बिरामीका भाइ बहिनीलाई पनि यो रोग लाग्न सक्ने सम्भावना रहन्छ । त्यसैले पाँच वर्षमुनिका बालबालिकाको आँखा यस्तो लक्षण देखिएका परीक्षणका लागि अस्पताल पुर्‍याउनुपर्छ ।

रेटिनोब्लस्टोमा रोग लागे नलागेको पत्ता लगाउन आँखा रोग विशेषज्ञहरूले बच्चालाई बेहोस पारेर आँखाको रेटिनाको जाँच गर्छन् । समयमै उपचार गरिएन भने आँखाको क्यान्सर अन्य भागमा फैलिएर ज्यानै समेत जान सक्ने डा.राजकर्णिकारको भनाइ छ । त्यसैले बालबालिकाको आँखामा समस्या भए नभएको चनाखो भइरहनुपर्ने उनको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा