प्रहरीकै ‘सेटिङ’मा खोलाबाट बालुवाको अवैध रुपमा ओसारपसार

पथरी,२२ साउन । पूर्वी मोरङका खोलाबाट प्रहरीकै ‘सेटिङ’मा ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन एवं ओसारपसार भइरहेको पाइएको छ ।

यतिबेला कुनै पनि खोला ठेक्का लगाइएको छैन । तर, प्रहरीसँगको मिलेमतोमा व्यापक रूपमा ढुंगा, गिट्टी र बालुवा चोरी हुने क्रम बढेको छ । प्रहरीलाई मिलाएर पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र लेटाङ क्षेत्रका विभिन्न खोलाबाट नदीजन्य पदार्थ चोरी भइरहेको स्थानीयहरु बताउँछन् ।

प्रहरीकै ‘सेटिङ’मा सवारीसाधन दिनदहाडै खोलामा पस्ने गरेको र त्यसको बदलामा प्रहरीद्वारा नियमित रकम असुली भइरहेको स्थानीयहरुको आरोप छ । पछिल्लो समय नदीजन्य पदार्थको बढ्दो अवैध ओसारपसारले पनि स्थानीयको आरोपलाई बल पुर्याएको छ ।

लेटाङ क्षेत्रको मोरङ्गी खोलाबाट चोरी गरी बालुवा र गिट्टी भरेर ल्याइएका ट्याक्टरहरु रातको १२–१ बजेको समयमा इलाका प्रहरी कार्यालय पथरीको गेटअगाडि भएर निर्बाध तवरमा हिँड्छन् । तर, प्रहरीले रोक्ने र चेकजाँच गर्ने काम गर्दैन । ती गाडीहरूबाट प्रहरीले ‘चेकिङ’को नाममा प्रति ट्र्याक्टर ५ सयदेखि १ हजारसम्म रकम असुल्ने गरेको चालकहरु बताउँछन् ।

१ जना चालकले भने, ‘बाटोभरि प्रहरीका चेकपोष्ट छन् । हरेक ठाउँमा ५–५ सय बुझाउनु पर्छ । नत्र खोला पस्न दिँदैनन् ।’ उनका अनुसार प्रहरीलाई पैसा बुझाउने काम ‘घुमुवा’ प्रहरीले नै सम्हाल्छन् ।

स्थानीयहरुका अनुसार पथरीशनिश्चरे–१० को डाँस खोला, कानेपोखरी र बेलबारी सिमानाको चिसाङ खोला तथा लेटाङको मोरङ्गी खोलामा दैनिक रूपमा अवैध उत्खनन हुँदै आएको छ । खोलामा ट्याक्टर, टिपरजस्ता सवारी साधन खुलेआम पसेर गिट्टी–बालुवा बोक्ने गरेका छन् ।

प्रहरीसँग ‘सेटिङ’ भएकाले यो कार्यलाई कसैले रोक्न सक्दैन । कतिपय अवस्थामा त स्थानीयले प्रहरीलाई सूचना दिएपछि उल्टै ठेकेदार वा संलग्न व्यक्तिहरूबाट फोन आउने र ‘चिया–नास्ता’को प्रस्तावसमेत आउने गरेको बताइन्छ ।

खोला ठेक्का प्रक्रिया बन्द भएको समयमा यसरी हुने चोरीले बजारमा बालुवा–गिट्टीको मूल्य आकाशिएको छ । सामान्यतया २ हजार ५ सय रुपैयाँमा पाइने बालुवा अहिले ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको ट्याक्टर चालकहरू बताउँछन् ।

‘हामीले प्रहरीलाई बुझाउने रकम समेत ग्राहकबाट उठाउनु पर्ने भएकाले बालुवा महँगोमा दिनुपर्ने बाध्यता छ,’ एक व्यवसायीले भने । उनका अनुसार पैसा बुझाएकै कारण प्रहरीले खोलाबाट चोरेर ल्याइएको बालुवा समेत ‘स्टोकको हो’ भनेर छाडिदिने गरेको छ ।

प्रहरी ‘सेटिङ’कै कारण दैनिक दर्जनौँ ट्र्याक्टर खोला पस्न पाउने गरेको स्थानीयहरुको भनाइ छ । खोला छेउछाउका बासिन्दाले ढुंगा, बालुवा र गिट्टीजस्ता नदीजन्य पदार्थमा प्रहरीको संलग्नता स्पष्ट देखिएको बताउँ छन् । १ जना स्थानीयले भने, ‘२ दिनजति रोक्ने नाटक गर्छन् । फेरि ‘सेटिङ’ मिल्यो भने दिनभर ट्र्याक्टर चल्छन् । खोलालाईनै लुट्ने माध्यम बनाइएको छ ।’

पछिल्लो समय खोलामा उत्खनन बन्द गरिएको छ । खोला ठेक्का लागेको छैन । तर, ढुंगा, गिट्टी र बालुवाले भरिएका ढुवानीका साधनको आवतजावतको दृश्य रमितलाग्दो देखिन्छ ।

 

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख, डीएसपी तुलसीराम अर्यालले आफूले केही दिनअघि मात्रै कार्यभार सम्हालेको र यसबीचमा प्रहरीको संलग्नतामा कुनै गैरकानुनी गतिविधि नभएको दाबी गर्नु भएको छ । ‘म आएयता प्रहरीबाट यस्ता कार्य भएको छैन । खोलाबाट चोरी भएको भन्ने कुरा गलत हो । यदि कोही संलग्न देखिए कडा कारबाही गरिनेछ,’ उहाँले भन्नु भयो ।

तर, स्थानीय, ट्र्याक्टर चालक र निर्माण व्यवसायीको भनाइसँग प्रहरी प्रमुखको दाबी मेल खाँदैन । धेरैजसोले खोलाबाट चोरी हुने ढुंगा–बालुवा सिधै प्रहरीकै मिलेमतोमा भइरहेको प्रमाणसहित बताएका छन् ।

नाम नखुलाउने सर्तमा १ चालकले भने, ‘हामी खोलाबाट बालुवा ल्याउँछौं, कुनै बेला प्रहरीले रोक्छ, कुनै बेला रकम माग्छ । सबै कुरा ‘सेटिङ’मा चल्छ । खोला ठेक्का छैन भन्ने थाहा भएरै पनि चोरी भइरहेको छ ।’ चोरीमा प्रहरी र स्थानीय सरकारले भरपुर सहयोग गरिरहेको उनको दाबी छ ।

प्रहरीका घुमुवा र इन्चार्जले दैनिक रूपमा कमाइ गर्ने स्रोतको रूपमा खोलाको प्रयोग गरिरहेको भन्दै स्थानीयहरूले प्रहरी संगठनभित्रै अनुशासनात्मक छानबिनको माग गरेका छन् । पछिल्लो समय पूर्वी मोरङका खोलाबाट हुने अवैध उत्खननले वातावरणीय सन्तुलनमा समेत असर पार्दै गएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि