दमकको एलाईड ईङ्गलस बोर्डिङ स्कुलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

 

दमक,साउन २२/पछिल्लो समय निजी विद्यालयहरू बालबालिकाको स्वास्थ्यप्रति सचेत बन्दै विभिन्न स्वास्थ्य कार्यक्रमहरूको आयोजना गर्न थालेका छन्। झापाको दमक–८ मा अवस्थित एलाईड ईङ्गलस बोर्डिङ स्कुलले एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ।

विद्यालयले बालबालिका र अभिभावकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना गरेको हो। कार्यक्रम ओम शान्ति डेन्टल हस्पिटल र एञ्जल फाउण्डेसनको सहकार्यमा सम्पन्न भएको हो।

शिविरमा ओम शान्ति डेन्टल हस्पिटलका प्राविधिक र विशेषज्ञ टोलीले बालबालिका र अभिभावकहरूको दन्त परीक्षण गरेका थिए। परीक्षणको क्रममा धेरै बालबालिकामा दाँतमा किराले खाने समस्या देखिएको दन्त चिकित्सक डा.अञ्जली ठाकुरले बताउनुभयोे। उहाँले बालबालिकाको दन्त स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको शिविर आयोजना गरिएको हो। शिविरमा सहभागी विद्यार्थीहरूलाई अस्पतालमा २० प्रतिशत छुट पनि प्रदान गरिने जानकारी दिनुभयो।

शिविरमा दन्त परीक्षणसँगै एञ्जल फाउण्डेसनको सहयोगमा पायल्स तथा फिस्टुला सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो। साथै, विद्यालयमा नै रहेको स्वास्थ्य विभागमार्फत सामान्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो।

विद्यालयका प्रिन्सिपल मित्र खत्रीका अनुसार, विद्यालयले यसअघि पनि यस्ता शिविरहरूको आयोजना गर्दै आएको छ। यसपटक पहिलोपटक अभिभावकहरूको पनि स्वास्थ्य परीक्षण गरिएकाले कार्यक्रम अझ प्रभावकारी भएको बताउनुभयो। यस्ता कार्यक्रमले बालबालिकामा स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास प्रकट गर्नुभयो।

उक्त शिविरमा करिब ५०० जना विद्यार्थी, ३०० जना अभिभावक र ३५ जना कर्मचारीले स्वास्थ्य परीक्षणको लाभ लिएको विद्यालयले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि