प्रविधिमैत्री सुकारी सेवा

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुरू गर्‍याे डिजिटल भुक्तानी प्रणाली

दमक,२३ साउन ।कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले डिजिटल भुक्तानी सेवा सञ्चालन गरेको छ । पहिलो पटक प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा शुरू भएको छ ।

भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले डिजिटल भुक्तानी (क्यूआर) सेवाको शुक्रबार आरम्भ गर्नु भएको छ । मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर प्रदेशको सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवा शुरू गर्नु भएको छ । प्रदेश मातहतका सम्पूर्ण अस्पतालमा समेत केही दिनमा सेवाग्राहीलाई शुल्क तिर्नका लागि डिजिटल भुक्तानी सेवा शुरू गर्ने मन्त्री राईले जानकारी दिनुभयो ।

 

प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले डिजिटल भुक्तानीले सेवाग्राही र सेवाप्रदायक कार्यालयका कर्मचारीबीच दूरी कायम हुने र सेवाग्राहीले घर बसेरै सेवा प्राप्त गर्न सक्ने जानकारी दिनुभयो । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख प्रकाशचन्द्र कार्कीले प्रयोगशालाबाट गत आर्थिक वर्षमा २३ हजार ६९० जना बिरामीलाई सेवा प्रदान गरिएको बताउनु भयो।

 

जसमा प्रयोगशालामा आएर प्रत्यक्ष रूपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन् भने स्वास्थ्य मन्त्रालयले शुरू गरेको कुरियर सेवामार्फत् प्रदेशका विभिन्न जिल्लाका १३ सय बिरामीले सेवा प्राप्त गरेको प्रमुख कार्कीले बताउनु भयो । कुरियर सेवाबाट प्राप्त नमूनामध्ये इलाम र ताप्लेजुङका दुई जना बिरामीमा क्यान्सर रोग पत्ता लागेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि