भद्रपुर हाफ म्याराथन: करुण र पुष्पा च्याम्पियन घोषित

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रे हुनेलाई १० हजार नगदसहित शिल्ड र प्रमाणपत्रका साथै सान्त्वना पुरस्कारस्वरूप ५ हजार रूपैयाँ प्रदान गरिन्छ ।

भद्रपुर, २७ साउन  । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुरमा आयोजित हाफ म्याराथनमा पुरुषतर्फ नेपाल आर्मीका धावक करुण रावल  र महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा लिम्बू विजयी बनेका छन्।

 

पुरुषतर्फको प्रतिस्पर्धामा करुण रावलले १ घण्टा ८ मिनेटमा १९ किलोमिटर दुरी पार गर्दै उपाधि रक्षा गरेका हुन्। उनले अघिल्लो वर्ष पनि सो उपाधि जितेका थिए। रावललाई पछ्याउँदै नेपाल आर्मीका नै धनु मानन्धर दोस्रो स्थानमा रहे भने दमकका सरोज सिंह तेस्रो भए। दमककै सागर लिम्बूले सान्त्वना पुरस्कारमा चित्त बुझाए।

 

महिलातर्फ, पुष्पा शेर्मा लिम्बूले ५४ मिनेट ४७ सेकेन्डमा १३ किलोमिटर दुरी पार गर्दै उपाधि जितिन्। दमककी याविका देवान दोस्रो स्थानमा रहिन् भने भद्रपुरकी विन्दा राई तेस्रो भइन्। रीता मुर्मुले सान्त्वना पुरस्कार प्राप्त गरिन्।

 

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रे हुनेलाई १० हजार नगदसहित शिल्ड र प्रमाणपत्रका साथै सान्त्वना पुरस्कारस्वरूप ५ हजार रूपैयाँ प्रदान गरिन्छ ।

 

भद्रपुर नगरपालिका युवा परिषदको आयोजनामा भएको यो दौड प्रतियोगिता चन्द्रगढबाट सुरु भई किच्चकवधसम्मको मार्गमा सम्पन्न भएको हो। यस दौडको उद्देश्य भद्रपुरका पर्यटकीय स्थलहरूको प्रवर्धन गर्नु रहेको आयोजकले जनाएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको