घरको ‘सेफ्टी ट्यांकी’भित्र ठेकेदार र कामदारको शव फेला

दमक,२८ साउन । सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र ठेकेदार र कामदारको शव फेला परेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको ‘सेफ्टी ट्यांकी’भित्र बुधबार बिहान १० बजेतिर शव फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताउनु भयो । उहाँका अनुसार दुहवी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव ‘सेफ्टी ट्यांकी’भित्र फेला परेको हो ।

प्रहरीका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् । ‘सेफ्टी ट्यांकी’भित्र २ जनाका शव रहेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय दुहबीबाट इन्स्पेक्टर सागर तिमिल्सिना नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोली घटनास्थलतर्फ जाँदै छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञ झिकाइएको हो । घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब २ किलोमिटर पूर्वमा पर्छ ।

डीएसपी खतिवडाले दुवै जनाको शव अहिले घटनास्थलमै रहेको र मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको बताउनु भयो । उहाँका अनुसार अनुसन्धानपछि मात्रै उनीहरुको हत्या भएको हो कि हैन भनेर पत्ता लाग्ने बताँउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि