पथरी शनिश्चरेमा सौन्दर्य कलाको विस्तार

तालिम सेन्टरका रुपमासमेत कृषा व्यूटी

पथरी, ३१ साउन / काठमाडौंसम्मको लामो अनुभव संगालेर व्युटिसियन क्षेत्रमा स्थापित कृष्णकुमारी (कृषा) पोखरेल तिम्सिनाले आफ्‌नै नगर मोरङको पथरी शनिश्चरेमा तालिम सेन्टरका रुपमा समेत स्थापित गर्नेगरी कृषा व्यूटी एण्ड फेसन हाउस सञ्चालनमा ल्याउनु भएको छ ।

 

नगरको वडा नं १ स्थित मन्दिरलाइनमा स्थापित कृषा व्यूटी एण्ड फेसन हाउसको १ नम्बर वडाअध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

 

सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै पथरी शनिश्चरे १ का अध्यक्ष भीमकुमार राईले नगर र वडामा व्यूटिसियन र सिलाई कटाई सम्बन्धिका तालिममा सहकार्य गर्दै अघि बढ्न प्रोत्साहित गर्नुभयो ।

 

सो अवसरमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले नगरको सौन्दर्य व्यवसायको प्रवद्र्धनमा सो फेसन हाउसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासकासाथ शुभकामना व्यक्त गर्नुभयो ।

 

विगत २५ वर्षदेखि व्युटिपार्लर तथा फेसन क्षेत्रमा काम गर्दै आउनुभएकी पथरी शनिश्चरे १० कि तिम्सिनाले दर्जनौं चलचित्र र म्यूजिक भिडिओमा साजसज्जाको काम समेत गर्नुभएको छ । उहाँले व्युटिसियन र टेलरिङ क्षेत्रमा तालिम समेत प्रदान गर्दै आउनुभएको छ । आधुनिक साजसज्जा तथा महिलाका लागि फेसनेवल डिजाइनको काममा ख्याति कमाउँदै आउनु भएको छ । विगत ११ वर्ष काठमाडौंमा यसखाले व्यवसाय सञ्चालन गरेर झापाको दमकहुँदै आफ्‌नै नगर पथरी शनिश्चरेमा कर्मथलो बनाउन थाल्नु भएकी तिम्सिनाले सीटीइभीटीको लेभल २ तालिम प्राप्त गर्नुभएको छ । उहाँले सुन्दरी प्रतियोगितासहितका कला क्षेत्रको अनुभव समेत संगाल्नु भएको छ ।

व्यवसाय द्घाटनका अवसरमा बोल्दै प्रोप्राइटर तिम्सिनाले अव पथरी शनिश्चरेमा व्यवसायिक रुपमा तालिम समेत प्रदान गर्दै आफ्‌नै नगरमा थप सुन्दरता निखार्ने प्रयास गर्ने जनाउनु भयो । ‘मैले जे जति सिकें, काठमाडौंसम्मको संघर्षले सिकाएको जीवनको समेत थप पाठबाट अब फेरि आफ्‌नै नगरमा परिस्कृत भएर आएकी छु । सबैको साथसहयोगमा यस क्षेत्रमा प्रभावकारी काम गर्न सकिन्छ ।’
पथरी बजारबाट सो पेसा सञ्चालन गरेर अघि बढ्दै गएको प्रसंग ल्याउँदा उनी निकै भावुक बन्नुभयो ।

 

उद्घाटनका अवसरमा पथरी जेसीजकी अध्यक्ष निर्मला भट्टराई, समाजसेवी नरहाङ राई, राधा ढकाल, पथरी शनिश्चरे नगरका सूचना संयोजक सन्तोष राईलगायतका सामाजिक व्यक्तित्व तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही