झुम्का कारागारबाट फरार भएका कैदी बिर्तामोडमा पक्राउ

दमक, ३१ साउन । तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर फरार भएका कैदी बिर्तामोडमा पक्राउ परेका छन् ।

दमक, ३१ साउन । सुनसरी कारागारबाट पर्खाल नाघेर फरार भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका जिल्ला खोटाङ, चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री) शनिबार बिहान बिर्तामोड १० स्थित विराटपोखरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा बिर्तामोड नगरपालिका वडा नं. १० बिराटपोखरमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई बिहान ६ बजे पक्राउ गर्न सफल भएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताउनु भयो ।

पौडेल विराटपोखरस्थित आफन्तको घरमा लुकेर बसेको राति नै प्रहरीले सूचना पाएको थियो । राति पक्राउ गर्न खोज्दा उनी भागेका थिए । रातिदेखिको प्रयासमा उनलाई विहानीपख पक्राउ गर्न प्रहरी सफल भएको हो। । थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय तोकिएका पौडेल झुम्का कारागारबाट फरार भएपछि छानबिन समिति गठन गरिएको थियो ।

कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको पर्खाल नाघेर बुधबार बिहान २ बजेतिर खत्री फरार भएको चौकीदारले कारागार प्रशासनलाई जानकारी गराएका थिए। सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २१ साउन २०८१ मा कारागार चलान गर्न आदेश दिएको थियो।

पछिल्लोपटक २५ चैत २०८१ मा जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका उनी फरार भएपछि छानबिन समिति बनाइएको थियो । कारागारको बी ब्लकबाट १६ फिट अग्लो पर्खाल नाघेर उनी भागेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले

दुबईस्थित कोका–कोला एरिनामा आयोजित शानको ‘अल अफ मी टुर’ कन्सर्ट

  काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय

उत्तराखण्ड विधानसभा घेराउमा झडप : कांग्रेसका १४ बुँदे माग, मुख्यमन्त्री धामीको सकारात्मक रहन आग्रह

काठमाडौं , कार्तिक १०। भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले