उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा सञ्चालित मासु पसलहरु मापदण्ड विपरित रहेको पाइएको हो । अनुगमनका क्रममा बजारका अधिकांश मासु पसलहरू मापदण्डविपरीत, अव्यवस्थित र दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कालीकोट, उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार क्षेत्रका छ वटा मासु पसलको स्थलगत निरीक्षण गरिएकोमा मासु पसलहरूको सरसफाइ, मासुको गुणस्तर, भण्डारण अवस्था तथा मूल्यसूची नराखेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । अनुगमनका क्रममा कतिपय व्यवसायीले खसीको मासु भन्दै बाख्रा बिक्री गर्ने गरेको, सरसफाइमा चरम लापरबाही गरिएको, उपयुक्त बधशाला नभई सडकमै खुला रूपमा मासु काट्ने गरेको तथा धेरैजसो पसलहरू कानुनी रूपमा दर्ता समेत नभएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । उनले अनुगमन गरिएका पसलहरूमा गम्भीर लापरबाही देखिएकाले तत्काल सुधार गर्न सचेत गराइएको बताए ।

अनुगमन गरिएका मासु पसलमध्ये अधिकांश दर्ता नभएको र दर्ता नभएका पसलहरूलाई सात दिनभित्र प्रक्रिया पूरा गरी दर्ता गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।उनले व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगर्न, स्वच्छ र गुणस्तरीय मासु मात्र बिक्री वितरण गर्न, उचित भण्डारणको व्यवस्था मिलाउन, अनिवार्य रूपमा अद्यावधिक मूल्यसूची राख्न तथा प्रचलित कानुनी मापदण्डहरूको पूर्ण पालना गर्न निर्देशन दिएको बताए ।मापदण्ड विपरित रहेका मासु पसललाई सुधार गर्न र कानुनी रुपमा दर्ता गर्नका लागि आग्रह गरिएको आगामी दिनमा कानुन विपरित काम गरेमा कानुनी दायरामा ल्याउनका लागि प्रशासनसँग समन्वय भइरहेको नेपाल उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनले नियम विपरित भइरहेका कामलाई उद्योग बाणिज्य संघले साथ नदिने जानकारी गराए । व्यवसायीहरूलाई स्वच्छ र गुणस्तरीय मासु बिक्री गर्न, उचित भण्डारण व्यवस्था मिलाउन, मूल्यसूची राख्न तथा प्रचलित मापदण्डको पालना गर्न सुझाव दिइएको अध्यक्ष शाहीले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले

दुबईस्थित कोका–कोला एरिनामा आयोजित शानको ‘अल अफ मी टुर’ कन्सर्ट

  काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय

उत्तराखण्ड विधानसभा घेराउमा झडप : कांग्रेसका १४ बुँदे माग, मुख्यमन्त्री धामीको सकारात्मक रहन आग्रह

काठमाडौं , कार्तिक १०। भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले