टिपरले सिटी सफारीलाई ठक्कर दिँदा ३ जना घाइते

दमक,३१ साउन । झापाको मेचीनगरमा टिपरले सिटी सफारीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । शनिबार बिहान ११ः४० मेचीनगर –८ सिर्जना चोकस्थित भित्री पक्की सडकखण्डमा गिरीगाउँबाट ईटाभट्टातर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५२१२ न. को टिपरले ओभरटेक गर्दा सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३८७० नम्वरको सिटी सफारीलाई पछाडिवाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा सिटीमा सवार मेचीनगर वडा न.८ शान्तिटोल वस्ने ४२ वर्षीया सरिता श्रेष्ठ , सोही ठाउँ बस्ने ४५ वर्षीय हर्ककुमारी मगर र ४७ वर्षीया सुस्मिता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।

 

उनीहरुको स्थानीय साई सिमरम मेडिकल हल ईटाभट्टामा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालक खोटाङ रावावेशी वडा न.६ बस्ने २५ वर्षीय रोशन गुरुङ, सिटी चालक मेचीनगर ८ गिरीटोल बस्ने ५२ वर्षीय अर्जुन गिरी र दुवै सवारी साधन अस्थायी प्रहरी पोष्ट ईटाभट्टाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि