दमक, ३१ साउन । झापाको दमकमा लामो समयदेखी र्निमाण व्यावसाय गर्दै आँउनु भएको चन्द्र प्रसाद अधिकारीले शनिबार अटो मोवाईल सम्बन्धीको व्यवसाय सुरु गर्नु भएको छ ।
औपचारीक कार्यक्रमको आयोजना गरि दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोपाल गुरागाई मार्फत रिबन कटाएर अधिकारीले व्यवसायको थालनी गर्नु भएको हो ।
रियान्सी अटो मोबाईल्स नामबाट सुरु भएको यो पसलमा पहिलो चरणमा ठुला तथा ह्यावी गाडीका सबै खाले सामान पाइने अधिकारीले बताउनु भएको छ ।
आफैपनि ठुला सवारी साधन व्यवसायीक रुपमा चलाइरहेको र सामान खोज्न धेरैतीर भौतारीनुपरेको अनुभवलाई सहज बनाउन यो व्यवसाय समेत गरेको उहाँले बताउनु भएको छ । सानो रोलर, स्काइभेटर, टेलर, जेसिभी सर्म्पुण प्रकारको निर्माणका साधनका यहाँ सबै सामाग्री पाइन्छ ।
उद्धघाटन पछि बोल्दै दमक उद्योेग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले व्यवसायीक सफलताको सुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा सघंका बिभिन्न पदाधिकारी सहित अन्य सामाजीक तथा व्यवसायीक नेतृत्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।









