श्रीकृष्ण प्राकाट्य उत्सव मनाउने

दमकमा भव्य भयो कृष्णजन्माष्टमी

राधाकृष्ण मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिर दुवै तर्फ भक्तजनहरुको उल्लेख्य उपस्थिती देख्न सकिन्छ ।

दमक, ३१ साउन । दमक ७ मा रहेको राधाकृष्ण मन्दिर र दमक ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा भव्य कार्यक्रम गरि कृष्णजन्माष्टमी मनाइरहिएको छ ।

 

दिउँसोको समयमा बिभिन्न भजन कृतन तथा अन्य साधनाका कार्यक्रम गरिए भने साँझ अझ भव्य साङ्गीतीक महाउत्सव नै हुने जनाइएको छ । दमक बजारमा रहेको राधाकृष्ण मन्दिरमा भेटिनु भएकी भक्तजन गीता आचार्यले दमकमा मनाइरहिएको कृष्णजन्माष्टमीले सामाजीक एकताको सन्देश दिएको प्रतिकृया दिनुभएको छ ।

 

यस्तै दमक ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष प्रेम भट्टराईले श्रीकृष्ण प्राकाट्य उत्सव मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

 

साँझ ७ः३० बजे देखी रातको १२ बजे सम्म बिभिन्न सास्कृतीक कार्यक्रमका साथमा श्रीकृष्णकोको प्रत्यक्ष प्रकट हुने बेला सम्म आरधना सहित बस्ने बताउनु भयो । त्यस समयमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की समेत आएर दर्शन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

 

दमक बजारमा रहेको राधाकृष्ण मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिर दुवै तर्फ भक्तजनहरुको उल्लेख्य उपस्थिती देख्न सकिन्छ । रातको १२ बजे सम्म बसेर भगवान श्रीकृष्णको प्रकट भएको हेर्न सबै आतुर भएर बस्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय