संस्थाको प्रगतिको प्रशंसा

शान्ति किर्तन मण्डलीमा पुनः काफ्‌ले

पथरी, १ भदौ / मोरङको पथरी शनिश्चरे १ मा स्थापित भएर नमुना काम गर्दै आएको शान्ति किर्तन मण्डलीको २२ औं वार्षिक तथा चुनावी सभाबाट पुनः पोषराज काफ्‌ले अध्यक्षमा निर्वाचित बन्नु भएको छ ।

 

साधारणसभामार्फत सर्वसहमत रुपमा निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा मानबहादुर थापा, उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरेशकुमार कार्की, सचिवमा रमणप्रसाद दाहाल, महिला सचिवमा वन्दना कट्टेल, सहसचिवमा चुना बस्नेत र कोषाध्यमा तोयानाथ ढकाल रहनु भएको छ । नृपबहादुर भण्डारी, पवित्रा भट्टराई, जानुका दाहाल, विष्णु धिताल, कृष्ण कार्की, लक्ष्मी श्रेष्ठ, लीलानाथ गुरागाईं, गंगा कार्की, भीम संग्रौला सदस्यमा चुनिनु भएको छ ।

 

लेखा समिति संयोजकमा मेघनाथ मिश्र, सदस्यमा वविता बराल र रविना बुढाथोकी निर्वाचित बन्नु भएको छ । किर्तन उपसमितिको संयोजकमा कविता ढकाल तथा सदस्यहरुमा सीता दाहाल, मधु दाहाल, टुकबहादुर थापा, वीना अधिकारी, सीता तिम्सिना, पदमलाल न्यौपाने र लीला बुढाथोकी रहनु भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नम्बर १ का अध्यक्ष भीमकुमार राईले संस्थाले आफू आफू रकम संकलन गरेर करोडौंको जग्गा र भवन जोड्दै समाजमा नैतिकताको पाठ सिकाउने काममा संस्थाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
सो अवसरमा पूर्व नगर उपप्रमुख यमुना विष्ट बास्तोला, शिक्षासेवी प्रदिपकुमार राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै किर्तन मण्डलीको गतिविधिको प्रशंसा गर्नुभयो ।

 

कार्यक्रममा महासचिव सुरेशकुमार कार्कीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तोयानाथ ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव रमण दाहालले आगामी योजनाको खाका प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष ०८१/०८२ मा संस्थाले २ लाख २२ हजार ६ सय १३ रुपैयाँ आम्दानी तथा ३ लाख ६ सय ३ रुयैयाँ २४ पैसा खर्च गरेको प्रतिवेदन प्रस्तुत भएको छ ।

 

०६० जेठ ५ गते ७ जनाको समूहबाट सुरु भएको संस्था ०६३ मंसिर १३ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । हालसम्म सदस्य संख्या १ हजार १ सय १५ पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा